पामिरमा एस.ई.ई.का विद्यार्थीहरुलाई बिदाई

877

पामिरमा एस.ई.ई.का विद्यार्थीहरुलाई बिदाई

बुटवल,१ चैत । तिलोत्तमा २ जानकीनगरमा अविस्थित पामीर इ. एकेडेमीमा एस.ई.ई २०७४ मा सहभागी हुने विद्यार्थीहरुका लागि बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार विद्यालयमा आयोजित समारोहमा नेपाल सरकारका उपसचिव तथा तिलोत्तमा नगरपालिकाका शिक्षा विभाग प्रमुख हरि ज्ञवालीले पामिर एकेडेमी शैक्षिक साथसाथै अतिरिक्त क्रियाकलापमा पनि यस क्षेत्रमा अब्बल भएको र बिद्यार्थीहरुले जिवन उपयोगि शिक्षा हासिल गर्नुका साथै जिवनमा प्रमाणपत्र मात्र हातपार्ने उद्देश्यले नभै सफलता प्राप्त गर्ने लक्षका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईले विद्यालयलाई यस क्षेत्रको मात्र नभएर राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट बनाउन यस वर्षका एस.ई.इ दिने विद्यार्थी सक्षम हुने धारणा राख्दै यसमा विद्यालय व्यवस्थापन समिति जुनसुकै सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

यसैगरी विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले यसै शैक्षिक सत्रमा कक्षा ११ पनि सञ्चालन गर्ने जानकारी गराउदै बिद्यार्थीहरुले आफुले सिकेका सिप ज्ञान र संस्कारलाई व्यवहारमा उतारी प्रमाण पत्रमात्रै होइन व्यवहारमा समेत परिवर्तन गर्न आग्रह गर्नुभयो ।

कक्षा ९ का विद्यार्थी रञ्जीत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राचार्य गोपाल गौतम , रविराज काफ्ले शिक्षकहरू अमित राना, केशव खनाल लगायतले शुभकामना मन्तव्य राख्दैै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई र कक्षा १० का विद्यार्थीहरूले शिक्षक कर्मचारीहरूलाई तथा विद्यालयलाई मायाको चिनो प्रदान गरेको थिए ।