Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • पारदर्शी सरोकारमा पाण्डे

    January 11, 2018


    बुटवल, २७ पुस । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आवद्ध पारदर्शी सरोकार समुह बुटवलको बुधबार बुटवलमा सम्पन्न पांचौ साधारण सभा तथा अधिवेशनबाट नयां नेतृत्व चयन भएको छ ।

    तिन वर्षे कार्यकालका लागि अधिवक्ता महेन्द्र पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । भ्रष्टाचार न्युनिकरण तथा सुशासनका क्षेत्रमा काम गर्दै आएको संस्थाको उपाध्यक्षमा लालहरी पाण्डे, महासचिवमा दिपक ढकाल, सचिवमा बिक्रम खड्का तथा कोषाध्यक्षमा उमङ्ग देवकोटा निर्वाचित हुनु भएको छ ।

    त्यसैगरि सदस्यहरुमा अर्जुन कार्की, विनोद ज्ञवाली, योगेश घिमिरे र प्रतिभा श्रेष्ठ निर्वाचित हुनु भएको हो । संस्थाका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठको अध्यक्षतमा भएको सधारण सभा तथा अधिवेशनमा पेश भएको अध्यक्षको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष दिपक ढकालको आर्थिक प्रतिवेदन पारित भएको छ ।

    संस्थाले टिआई नेपालसम्वद्ध नेपालमा राष्ट्रिय सदाचार प्रवद्र्धन परियोजना मार्फत भ्रष्टाचार विरुद्ध शशक्त कार्यक्रमहरु संचालन गर्नुका साथै सरकारी तथा गैरसरकारी क्षेत्रमा सुशासनको विषयमा गतिविधि गर्दै आएको थियो ।

    सदाचार प्रवद्धनका लागि सार्वजनिक सेवा प्रवाह सर्वेक्षण, सरकारी कार्यालयहरुमा नागरिकको गुनासो संकलन तथा समाधानमा पहल, विद्यालयहरुमा पारदर्शी क्लव गठन, विभिन्न स्थानमा लाईव्रेरिको स्थापना, जनप्रतिनिधिहरुसंग छलफल र सदाचार र पारदर्शिताका लागि प्रतिबद्धता लगायतका गतिविधि सम्पन्न गरेको अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    संस्थाले झण्डै ७ लाख वरावरको आर्थिक गतिविधि गरेको कोषाध्यक्ष ढकालको प्रतिवेदनमा उल्लेख छ । साधारण सभाबाटै महेश्वरप्रसाद श्रेष्ठ र प्रदिप शाहलाई संस्थाको सल्लाहकारमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।