निर्माणाधिन घरको पर्खाल भत्किंदा एक मजदुरको मृत्यु ,३ जनाको उद्धार

655

निर्माणाधिन घरको पर्खाल भत्किंदा एक मजदुरको मृत्यु ,३ जनाको उद्धार

बुटवल,मंसिर १६ ।निर्माणाधिन घरको पर्खाल भत्कदा रुपन्देहीको बुटवलमा एक जना भारतीय मजदुरको मृत्यु भएको भने ४ जना पुरिएका छन् ।
बुटवल उपमहानगरपालिका –११, मितेरी पथमा घरको पर्खाल भत्किएको हो । भारत बिहार घर भएका ४५ बर्षिय भिखारी रौनियार महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरको अण्डरग्राउण्डमा पर्खाल लगाइरहदा पर्खाल भत्केर पुरिएका चारजनामध्ये तीन जनालाई स्थानीय र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएका तीन जनाको अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ । पर्खाल भत्किएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । उनीहरुको उद्धारका लागि डोजरसमेत प्रयोग गरिएको थियो ।