Thursday 20th September 2018
  • New title for a=>html, img=>alt
  • पिनाकलको व्यबसायिक यात्रा सुरु

    February 23, 2018


    बुटवल, फागुन ।  व्यावसायिक रेफ्रिजेरेनेरशन तथा एयर कन्डिसनको विशिष्टकृत सेवा सहित बुटवलमा पिनाकल एण्ड कम्पनीले व्यबसायिक यात्रा आरम्भ गरेको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं. १० कालिकानगरमा डोर टु डोर सर्भिस सहितको सेवा शुरु गरेको हो । बुटवलका युवा व्यबसायीहरु युवराज ढकाल, ज्ञानेन्द्र गिरी र भेषराज गिरीको टिमले सामानको विक्रिपछिको सेवालाई जोड दिएर व्यबसायिक यात्रा शुभारम्भ गरिएको बताएका छन् ।

    उक्त कम्पनीको औपचारिक शुभारम्भ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले पाँच नम्बर प्रदेशको राजधानी बुटवल बनेपछि यस क्षेत्रमा धेरै अवसर सिर्जना गरेको बताउँदै व्यापार व्यबसायमा विविधीकरण गर्नुपर्ने र गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    उक्त प्रा.लिको शोरुममा विभिन्न ब्रान्डका एयर कन्डिसनर, व्यावसायिक फ्रिजर, होटल, डेरी तथा मासुजन्य उधोगकालागि आवश्यक सम्पूर्ण प्रकारका रेफ्रिजेरेनेरशनका साम्रागी उपलब्ध रहेको कम्पनीका अध्यक्ष युवराज ढकालले जानकारी दिनुभयो । एसीमा टेस्ला र ब्लु स्टार तथा डिफ्रिजमा रकवेल कम्पनीको प्रदेश पाँचको आधिकारिक विक्रेता रहेको पिनाकलले सर्भिस सेन्टरलाई विशेष महत्व दिएको छ । ब्लु स्टार र रकवेल भारतीय कम्पनी हुन भने टेस्ला चाईनिज कम्पनी हो ।

    शुभारम्भ कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ ईलेक्ट्रोनिक बस्तुगत समितिका सभापति महेन्द्रप्रसाद श्रेष्ठ, टंकप्रसाद कंडेलले प्रतिस्पर्धीको उपलब्धताले गुणस्तरीय साम्रगी तथा सेवा बुटवल नगरीमा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।