Wednesday 16th January 2019
  • New title for a=>html, img=>alt
  • पिस क्रप्स तेक्वान्दो प्रशिक्षण सकियो

    February 2, 2018


    बुटवल, १९ माघ । बुटवलमा तीन दिनसम्म चलेको पिस क्रप्स तेक्वान्दो प्रशिक्षण सकिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित कवर्ड हलमा चलेको प्रशिक्षण शुक्रबार समापन गरिएको हो ।

    तेक्वान्दोमा आएको नयाँ टेक्नीक तथा प्रविधिका बारेमा बुटवल क्षेत्रका डोजाङ्ग क्लव तथा तेक्वान्डो सम्वन्धि प्रशिक्षण लिई रहेका विद्यार्थीलाई प्रशिक्षित गर्न आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपमेयर गुमादेवी आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्ग लगायतले समापन गरेका हुन् ।

    तेक्वान्दो डोजाङ्गमा भित्रिएको नयाँ प्रविधि र आधुनिक टेक्निक तथा प्रविधिका बारेमा जानकारी र प्रशिक्षित गर्नका लागि संचालन गरिएको प्रशिक्षण कार्यक्रममा कोरीयाली चार प्रशिक्षकबाट प्रशिक्षण दिइएको थियो ।

    बुटवल नगर तेक्वान्दो विकास समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा कोरीयाली प्रशिक्षकहरु केवन ओ जाङ्ग, साङ्ग हिली, हे कुन किम र योङ्ग हो सोङ्गले रुपन्देहीका विभिन्न विद्यालयका दुई सय ५० जना विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएको नेपाल तेक्वान्दो संघका प्रदेशनम्बर ५ का सदस्य एव्म प्रशिक्षक राजकुमार पाण्डेले जानकारी गराउनु भयो ।

    उहाँले तेक्वान्दो खेलको प्रवल सम्भावना भएकाले राज्यले चासो नदिँदा नदिँदै पनि समितिबाट विभिन्न समयमा खेल आयोजना गरेर विद्यार्थीलाई तेक्वान्डो डोजाङ्गका बारेमा जानकारी गराउदै आएको बताउनु भयो ।

    तेक्वान्डो विकास समितिले निकट भबिष्यमै बुटवलमा लामो समयसम्म हुन नसकेको मेयर कप तेक्वान्दो प्रतियोगिता गर्ने योजना बनाएको जीतगढी तेक्वान्डो विकास समितिका अध्यक्ष नरेन्द्र बस्नेतले बताउनु भयो । बुटवल नगर तेक्वान्दो विकास समितिका अध्यक्ष अनुपमान शैजुको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।