Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • हृदयघातका कारण प्राचार्य पन्थीको निधन

    November 28, 2017


    बुटवल, १२ मंसिर। बुटवलको इन्टलेक्च्युअल एकेडेमीका संस्थापक सञ्चालक तथा प्राचार्य ध्रुव पन्थीको निधन भएको छ । ५३ वर्षीय पन्थीको हृदयघातका कारण सोमबार राती निधन भएको हो ।

    क्षितीज सहकारीका अध्यक्ष, लायन्स क्लव अफ न्यू होराईजनका अध्यक्ष समेत रहनु भएका पन्थी सामाजिक कृयाकलापमा समेत सक्रिय हुनुहुन्थ्यो । नीजि बिद्यालयमा पढाउने शिक्षकहरुको संस्था प्याप्सुका केन्द्रीय सदस्य समेत रहनु भएका पन्थीको श्रीमती दुई छोरा र एक बुहारी हुनुहुन्छ ।

    उहाँको निधनमा सोक व्यक्त गर्दै मंगलबार रुपन्देहीका प्याब्सन तथा एनप्याब्सनमा आवद्ध बिद्यालयहरुले शोक बिदा गरका थिए । त्यस्तै बुधबार इन्टलेक्च्युअल बिद्यालयले श्रद्धाञ्जली सभाको आयोजना गरेको बिद्यालयका प्रवन्ध निर्देशक रामराज पोखरेलले जानकारी दिनुभयो ।