प्रदेश पाँच सरकारले ३५ अर्व बढीको बजेट ल्याउँदै

635

प्रदेश पाँच सरकारले ३५ अर्व बढीको बजेट ल्याउँदै

बुटवल, २२ जेठ । तीव्र आर्थिक विकासका लागि अर्को वर्ष लगानी सम्मेलन गर्ने प्रमुख लक्ष्यसहित प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ अर्व बढीको बजेट ल्याउने तयारी गरेको छ । आज आईतवार प्रदेश सभामा प्रस्तुत हुने बजेट प्रदेशको आफ्नै आन्तरिक श्रोतवाट २५ अर्व र संघीय सरकारले दिने वित्तिय समानीकरण अनुदान बापतको करिव १० अर्व गरी ३५ अर्व बराबरको हुने प्रदेश ५ आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

बजेटको तयारीमा लागेको प्रदेश सरकारले बजेट निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ भने प्रदेशका सबै मन्त्रालयले आ– आफ्नो मन्त्रालयलाई आवश्यक बजेटको बिबरणहरु आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाईसकेका छन् । चालु आर्थिक वर्षमा २८ अर्व १५ करोडको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि त्यो भन्दा करिव ७ अर्व बढी बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश ५ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले प्रदेश सरकारको नीति तथा कार्यक्रम र प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनालाई मुख्य आधार बनाई मन्त्रालयले बजेटको तयारी अन्तिम चरणमा पु¥याएको बताउनु भयो । प्रदेश पाँचको आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार समेत मुख्यमन्त्री आफैले सम्हालीरहनु भएकोले मुख्यमन्त्रीले अहिले सम्पूर्ण ध्यान बजेटमा केन्द्रित गर्नुभएको मूख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले बताउनु भयो ।

प्रदेश पाँच सरकारले समृद्ध प्रदेश खुशी जनताको नारा लिएको छ । पाँच वर्षमा आर्थिक वृद्धिदर ९.५ प्रतिशत पु¥याउने लक्ष्य लिएको सरकारले आगामी वर्षको बजेटमा पनि भौतिक पूर्वाधारमै सवैभन्दा धेरै बजेट बिनियोजन गर्ने तयारी गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गर्ने कार्यक्रमलाई पनि आफ्नो प्राथमिकतामा राखेको जनाएको छ ।