Saturday 21st April 2018
  • New title for a=>html, img=>alt
  • प्रहरी महानिरीक्षकमा सर्वेद्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

    April 11, 2018


    काठमाडौँ, चैत सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

    राज्यमन्त्री बाँस्कोटाका अनुसार उहाँहरुलाई चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो । संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा हुनुहुन्थ्यो ।

    नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण आज बुधबारदेखि अवकाशमा जाँदै हुनुहुन्छ । रासस