प्रहरी संग गलत मनसायले सौदावाजी र सहकार्य नर्गन आग्रह

549

प्रहरी संग गलत मनसायले सौदावाजी र सहकार्य नर्गन आग्रह

बुटवल, २९ भदौ । 
होटल तथा रेष्टुरण्ट व्यवसायी पर्यटन व्यवसायी भएकाले प्रहरी संग गलत मनसायले सौदावाजी र सहकार्य नर्गन प्रहरी नायव उपरिक्षक पवन कुमार भटृराईले आग्रह गर्नु भएको छ । पर्यटन , कृषि र जलश्रोत्त नेपालको विकासका पूर्वाधार भएकाले यिनीहरुको संरक्षण प्रर्वद्धनका लागि प्रहरी प्रशासनले सधै सकारात्मक भावनाले प्रोत्साहन गर्ने पनि उहांले बताउनु भयो ।

होटल तथा रेष्टुरण्ट व्यवसायी संघ रुपन्देहीले हालै ईलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भै आउनु भएका प्रनाउको विहिवार स्वागत तथा परिचयात्मक कार्यक्रमा व्यवसायीहरुलाई सरकारले प्रतिवन्द्ध गरेका वस्तु विक्री वितरण नर्गन र गैर कानुनी तवरले रातारात पैसा कमाउने नाममा विकृतिजन्य कृयाकलाप व्यवसायका नाममा नर्गन उहाँले आग्रह गर्नु भयो ।

प्रहरी नायब उपरिक्षक भटृराईले प्रहरी र व्यवसायी बीच समान अनुभूति हुने गरि काम गर्न सकेमा यस क्षेत्रको शान्ति सुरक्षा राम्रो हुने र व्यवसाय पनि फस्टाउने धारणा राख्नु भयो ।पर्यटकिय क्षेत्र, स्वास्थ्य, शिक्षा, उद्योग व्यापार र एैतिहासिक तथा पुरात्वातिक हिसावले नमूना शहरका रुपमा बुटवल स्थापित हुदै गएको भन्दै संघका सल्लाहकार गोपाल रानाले यस शहरलाई पर्यटकिय हर्वका रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

संघका अध्यक्ष समुन्द्र जिसीले बुटवल आउने पर्यटकलार्ई शान्ति पूर्ण तरिकाले सुरक्षित बाँस र गुणस्तरिय खान पानको व्यवस्था रहेको वारेमा प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले बुटवलमा राति ११ वजेसम्म दोहोरी साँझ तथा डिस्को र १० वजेसम्म रेष्टुरेण्ट संचालन गर्ने वाताबरण मिलाई दिन प्रहरी प्रमुखसंग अनुरोध समेत गर्नु भयो ।

कार्यक्रमा संघ सल्लाहकार देविकुमार श्रेष्ठ निवर्तमान अध्यक्ष मोदनाथ वेल्वासे पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ लुम्बिनी निर्माण व्यवसायी संघ बुटवलका अध्यक्ष जविन कक्षपति बुटवल उपमहानगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष विष्णु बहादुर थापा संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतम महासचिव कावुराम गौतम प्रेस सल्लाहकार यमलाल भुसालले प्रतिवन्द्धित मदिरा विक्री वितरण नर्गन र गैर कानुनी कृयाकलाप संचालन गर्नेलाई कानुनी दायरामा ल्याई कारवाही गर्न माग गर्नु भएको थियो ।