प्रेस युनियन रुपन्देहीमा पद हस्तान्तरण

476

प्रेस युनियन रुपन्देहीमा पद हस्तान्तरण

बुटवल, असोज । नेपाल प्रेस युनियन रुपन्देहीको नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको छ । आईतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा निवर्तमान अध्यक्ष बिक्रम खड्काको कार्यसमितिले नव निर्वाचित रेखा भुसालको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । नेपाल प्रेस युनियन रुपन्देहीको यहि असोज ३ गते जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपसभापति हरि लम्सालले युनियनको गरिमालाई उचो बनाउने गरी काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो । त्यस्तै नव निर्वाचित सभापति रेखा भुसालले युनियनलाई बलियो र व्यबस्थित संगठनका रुपमा बिकास गर्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

निवर्तमान सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचत समितिका संयोजक डिएलए रुपन्देहीका अध्यक्ष रामजी ज्ञवाली निर्वाचन समिति सदस्य गोविन्द मरासिनी, नेपाली काँग्रेस रुपन्देहीकी सदस्य मायाँ गौतम, उपसभापति कबिन्द्र नेपाल लगायतले भनाई राख्नुभएको थियो ।

पदभार ग्रहणसंगै बसेको कार्यसमितिको पहिलो बैठकले युनियन रुपन्देहीको अधिवेशनमा सहयोग गर्ने निर्वाचित समिति, सल्लाहकार, अग्रज पत्रकार, निवर्तमान कार्यसमिति, अधिवेशनमा भाग लिने सदस्यहरु, सुभेच्छुक सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै पुरानो कार्यसमितिमा रहेको बैंक खाता नयाँ कार्यसमितिमा स्थानान्त्रण गर्ने निर्णय गरेको छ । सभापति रेखा भुसालको अध्यक्षतामा बसेको बैठकलेपदाधिकारी सदस्य रहेनगरी सचिवालय समिति गठन गर्नुका साथै कार्यालय व्यबस्थापनकालागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।

त्यस्तै आउँदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली, छठ, नेपाल सम्वत लगायतको चाडपर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ । यहि असोजको २६ गते गर्ने शुभकाना आदान प्रदान कार्यक्रमकालागि उपसभापति कबिन्द्र नेपाल संयोजक तथा कोषाध्यक्ष झबिन्द्र देवकोटा र सदस्य खेमानन्द पाठक सदस्य रहेको तयारी समिति गठन गरिएको सचिव श्यामशंकर पाण्डेले जानकारी दिनुभयो ।