Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • पुल मर्मतकालागि पूर्व–पश्चिम राजमार्ग बन्द

    January 9, 2018


    बुटवल, २५ पुस । पुल मर्मतकालागि दुई दिन पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द हुने भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका भित्र पर्ने तिनाउ नदि पश्चिम महेन्द्र राजमार्गमा रहेको ड्राई नालामा रहेको पुल मर्मतकालागि पुसको २६ र २७ गते राती पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द गर्न लागिएको हो ।
    पुलमा रहेको वेरिङ् बिग्रिएकाले फेर्नकालागि रातीको १० बजेदेखि बिहान ४ बजेसम्म पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द गरिएको पुल योजना सेक्टर नम्बर ४ पाल्पाका ईञ्जिनियर भिमार्जुन कंडेलले जानकारी दिनुभयो ।