रक्तिम अध्यक्षमा रेम रानालाई चयन

885

रक्तिम अध्यक्षमा रेम रानालाई चयन

बुटवल, चैत्र २७ । रुपन्देहीको बुटवलमा सम्पन्न रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले अभियानको अध्यक्षमा रेम राना र महासचिवमा जीवन शाहीलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा मानबहादुर भण्डारी, सचिवमा हेमराज आश्रम कोषाध्यक्षमा विष्णु शर्मा, सदस्यहरुमा भरत श्रेष्ठ, बाबुराम आचार्य, विष्णु केसी दानबहादुर थापा, गीता थापा, दानबहादुर सारु, उषा तरामु, विशाल पहाडी, सीता बस्याल र एक पूर्ण सदस्य रिक्त रहेको छ भने ४ बैकल्पिक पनि रिक्त राखिएको छ ।

भेलाले निवर्तमान भेला आयोजक समितिका संयोजक नारायण योगी, लक्ष्मी गुरुङ, सुशिला थापा र मधु क्षेत्रीलाई सल्लाहकारमा चयन गरेको छ । भेलाले १५ बुंदे आगामी नीति तथा कार्यक्रम समेत पास गरेको महासचिव जीवन शाहीले जानकारी गराउनु भयो । राष्ट्रिय भेलाको उद्घाटन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले सांस्कृतिक आन्दोलनमा रक्तिमको भूमिकाको चर्चा गर्नुभयो । उहाँले देशका हरेक परिवर्तन र क्रान्तिकारी आन्दोलनमा रक्तिम सांस्कृतिक अभियानको महत्वपूर्ण भूमिका बताउनु भयो ।

कार्यक्रममा बामपन्थी नेता कृष्ण पौडेलले जनताको भावना बोक्ने सोशित पिडितका गीत संगीतमार्फत सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । रक्तिम सांस्कृतिक भेला आयोजक समितिका संयोजक नारायण योगीले रक्तिम नांचगान गर्ने मात्रको संगम नभई सांस्कृतिक आन्दोलन मार्फत समाज परिवर्तन गर्ने शसक्त अभियान भएको बताउनु भयो ।