इन्टलेक्च्यूअलमा रेडक्रस सर्कलको गठन

415

इन्टलेक्च्यूअलमा रेडक्रस सर्कलको गठन

बुटवल। विश्व रेडक्रस दिवसका अवसरमा इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा जुनियर रेडक्रस सर्कलको गठन गरिएको छ ।
कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थी सहभागी सर्कलको अध्यक्षमा झरना थापा, उपाध्यक्ष एन्जीला पोख्रेल, सचिव विक्रम पाण्डे, सहसचिव रोमी बुढा मगर कोषाध्यक्ष निरुता पाण्डे र सहकोषाध्यक्षमा विश्वराज खड्का रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा अमृत रेग्मी, अमृना खड्गी, आसिका क्षेत्री, तारा नेपाली र सौरभ खनाल रहेका छन् ।
मानव सेवा नै मुल धर्म भन्ने नारालाई अंगिकार गरेको रेडक्रसले जस्तै विद्यालयका छात्र÷छात्रा बाट पनि सेवा भावको भावनाले प्रेरित भएर विद्यालयमा पनि सर्कल खोलिएको विद्यालयले जनाएको छ ।
गठित सर्कलको संरक्षकमा म्यानेजिङ डाइरेक्टर रामराज पोख्रेल रहेका छन् भने सल्लाहकाररुपमा कोर्डिनेटर खुम पालु¨े, माया पौडेल शिक्षक जनक घिमिरे, कृष्ण क्षेत्री, तुल्सीराम खाम्चा, शोभा भण्डारी र विद्यार्थीहरु सिम्रन थापा, ववि गुरुङ, अपेक्षा विनयी र विन्दु पन्थी रहेका छन् भने शिक्षक नायकका रुपमा सुदिप घिमिरे रहेका छन् ।