Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • चाडैँ परिपक्क देखिन चाहन्छन् किशोरी

    March 14, 2017


    रेनुका गिरी/
    बुटवल, १ चैत । तिलोत्तमा नगरपालिका–२ की सबिता खरेलकी आमा जब मेकअपका लागि पार्लर जान्थिनसँगै छोरीलाई पनिलिएर जान्थिन । सविताले पार्लरमा आमाले थे्रडिङ, बेक्सिङ, मेनिक्योर आदि गराएको ध्यान दिएर हेर्थिन । जव सबिता १३ वर्षकी भईन । आफ्नो जन्म दिनमा उनले आफ्नी आमासँग थे्रडिङ गराउन अनुरोध गरिन । आमाले हास्दै उनलाई ब्युटिपार्लर पु¥याइन र अरु तिमीलाई के के गराउने इच्छा छ भन्दै गराउन अनुरोध गरिन् । जव उनी पुर्ण मेकअप सहित देखा परिन, उनी सबै दृष्टिकोणबाट १३ वर्षकीबालिका देखिन्नथिन् ।

    यस्तै तिलोत्तमा नगरपालिका–२ की १४ बर्षिया अस्मिता भण्डारी तिलोत्तमा नगरपालिका–१ मा रहेको बसन्ती ब्युटीपार्लरकी नियमित ग्राहक हुन् । उनी पार्लरमा थ्रेडिङ, बेक्सिङ गर्छिन् । उनीहरुको उमेरका अधिकाशं बालिकाले आफ्नो आँखिभौँ थे्रडिङ गरी चिटिक्क पारेका छन् । केश पनि ब्लिच गरी रंगीन बनाएका छन् । आज भोली अधिकांश स्कुले बालिकाको खवर यस्तै छ । सबितापनि त्यसैको हिस्सा बन्न चाहन्छिन् ।
    बालिका वा किशोरी जो चाडैँ महिलामा परिणत हुन उत्सुक देखिन्छन् । जवान देखिने उनीहरुको चाहना थ्रेडिङ गरिएका आँखिभौँ, मिलाइएको हेयर स्टाइल, नेल पोलिसले आकर्षक देखिएका मेनिक्योर गरिएका लामा नङहरुले संकेत गर्दछ ।

    १४/१५ वर्षका टिनएजर पनि आफ्नो फेसनेवल र स्टाइलिस देखिने चाहनामा पेडेड ब्रातथाजिन्स भित्रफिटेड हिपप्याड पेन्टी लगाएको देख्न सकिन्छ । यी सामान आवश्यक नभएर रुचिका हुन् जसको प्रयोगले शरिर उनीहरुको चाहनाअनुरुप नै हेभी देखिन्छ । मेकअपको आफ्नै आकर्षण छ । ग्लिटर आईलाईनरले सजिएको परेला, साईनी आइस्याडो तथा गाढा रंगको मस्काराले यी किशोरीका मुहारलाई मेच्योर लुक दिएर ठूली देखाउने चाहनालाई पुर्णता प्रदान गर्दछ । कम उमेरका किशोरीहरुमा आफ्नो उमेर भन्दा पहिले नै वयस्क देखिने होडबाजी छ । यसमा उनीहरुका आमाको पनि पुर्ण सहयोग हुन्छ । आमाहरुलाई आफ्नीछोरी आफूभन्दाबढी फेसनेवल र मोर्डन स्टाइल्सका बारेमा जानकार भएको मनपर्छ ।

    बसन्ती ब्यूटीपार्लरकी बसन्ती गिरीका अनुसार पहिले १८ वर्षका किशोरीहरु बेक्सिङ–थे्रडिङ गराउन ब्युटिपार्लर आउँथे । विस्तारै १६–१५ वर्षका पनि आउन थाले । अहिले १४/१३ वर्षका बालिका पनि आउन थालेका छन् । अहिले उनको पार्लरमा दर्जन बढी किशोरी बेक्सिङ–थे्रडिङका ग्राक छन् । समाजशास्त्री तथा शिक्षावीद् डा. गितु गिरीकाअनुसार किशोरावस्थामा यी युवतीहरु सुन्दर एवम् आकर्षक देखिने चाहनामा तनावबाट गुज्रिरहेका हुन्छन् । यसको अर्थ हुन्छ, यौनिक देखिनु, ब्वाईफे्रन्डबनाउनु । उनीहरु यी सबै कुराको दुस्परिणामबाट अवगत हुदैनन । उहाँले भन्नुभयो–“आमाबुवाले नै समय र अवस्था हेरेर सामाजिक परिवेश, प्रकृतितथा यौनका बारेमा बालबालिकालाई सही जानकारी दिनुपर्छ । छोरीलाई प्रेम, सौन्दर्य एवम् यौनकाविषयमा पनि ज्ञान दिनु पर्छ । छोरीका साथमा बसेर टिभी र फिल्ममा देखिने, देखाइने यौनजन्य दृश्यहरुको वास्तविकताका सम्बन्धमा जानकारी गराउनुपर्छ ।

    छोरीहरु कहाँ जान्छन्, के गर्छन्, उनीहरुका साथीसंगीहरु कस्ता छन्, घरमा कति बेला आउँछन् ध्यान पु¥याउनुपर्छ । इन्टरनेटमा उनीहरु के सर्च गर्दैछन् भन्ने पनि बुझ्न आवश्यक छ । उनीहरुको शारीरिक, मानसिक एवम् सामाजिक विकासका साथै अनुशासनका बारेमा पनि सचेत हुन जरुरी छ ।”तीब्र रुपमा अघि बढ्दै गएको असुरक्षित यौन सम्बन्धको खतरा एवम् परिणामका बारेमा अवगत गराई उनीहरुलाई अध्ययन, करियर एवम् आत्मनिर्भरतातर्फ प्रेरित गर्नुपर्ने डा. गिरीको भनाई छ । सही वा गलत कुराका सम्बन्धमा स्पष्ट ज्ञान दिएर उनीहरुलाई स्वयम् आफ्नो निर्णय लिन लायक बनाउनु अभिभावकको दायित्व भएको उहाँ बताउनुहुन्छ ।

    बालिकाहरु आफ्नो वरिपरी जे देख्छन् त्यसैलाई अपनाउन चाहन्छन् । फेसन र मेकअपका बारेमा जानकारी राख्नुपर्छ तर आफ्ना लागि ठिक बेठीक पनि बुझ्न जरुरी छ । बालबालिकाहरुलाई चाहिने भन्दाबढी पकेट मनि प्राप्त भैरहेको छ भने उनीहरुले कहाँखर्च गर्छन भन्ने जानकारी लिनु पनि आवश्यक छ । आमाबावुले बचत गर्न सिकाउनुपर्छ । पैसाको मुल्य र महत्वका विषयमा अवगत गराउनु पर्छ । आमाबावुले छोराछोरीलाई टिभीमा मात्र नभई घरेलु कामकाज, पारिवारीक जमघट एवम् बिवाह, भोज आदिमा पनि सक्रिय बनाउनुपर्छ । उनीहरुलाई सामाजिक, धार्मिक, साँस्कृतिक एवम् रीतिरिवाजसित पनि परिचित गराउनु पर्दछ । यसकालागि अभिभावकको भुमिका महत्वपुर्ण हुन्छ ।