रोटरी तिलोत्तमा रुपन्देहीमा पदस्थापन

1.1K

रोटरी तिलोत्तमा रुपन्देहीमा पदस्थापन

बुटवल, १५ साउन । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण गर्नुका साथै पदस्थापन गरिएको छ । सोमबार बुटवलमा कार्यक्रम गरि वर्ष २०१८/०१९ कालागि नव निर्वाचित ओमप्रकाश अर्यालको टिमलाई पद हस्तान्त्रण गरिएको हो ।

पद हस्तान्त्रण कार्यक्रममा बोल्दै रुपन्देहीको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले रोटरीले लिएको स्वार्थभन्दा माथि सेवाको भाव सबैभन्दा राम्रो पक्ष भएको बताउनु भयो । उहाँले रोटरीमा लागेका सदस्यले मात्रै नभएर सबैले यो थिमलाई अंगिकार गर्न सके समाज सुधार तथा समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा एसिष्टेन्ट गभर्नरहरु खेम कार्की, कृष्णप्रसाद अर्याल, एजाज आलम, रोटरी क्लव अफ सेन्टर बुटवलका निवर्तमा अध्यक्ष रामप्रसाद बस्याल, निवर्तमान एजी तथा क्लवका पूर्व अध्यक्ष बालकृष्ण अर्याल, रोट्रयाक्ट चार्टर प्रसिडेन्ट मोहन न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका निवर्तमा अध्यक्ष रमेश खनालले आफ्ना कार्यकालमा भएगरेका कामहरुको जानकारी गराउँदै थाती रहेका कामलाई आएको कार्यसमितिले निरन्तरता दिन र कार्यसमितिका कार्यक्रममा आफ्नो पूर्ण समर्थन सहित सहयोग सहिरहने आश्वासन दिनुभयो ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालले अंघिल्लो कार्यसमितिले अंगाडी सारेका परियोजनाहरुलाई निरन्तरता दिने र मानव हितका नयाँ कार्यक्रम ल्याउने जानकारी गराउँदै समितिलाई पूर्णता दिनुभयो । त्यस अवसरमा क्लवको काममा सहयोग गर्ने तथा भूमिका निर्वाह गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।