रुपन्देही नागरिक समाजको सक्रियता

660

रुपन्देही नागरिक समाजको सक्रियता

बुटवल, १० चैत । रुपन्देहीका नागरिक अगुवाहरुको सम्युक्त प्रयासमा वि.स. २०७४ मा स्थापना भएको रुपन्देही नागरिक समाजले कार्यसमितिमा सल्लाहकार तथा उपाध्यक्ष थप गरेको छ ।

समाजका अध्यक्ष क्या. रेशम केसीको अध्यक्षतामा भैरहवामा बसेको बैठकले दिपक रोकालाई सल्लाहकारमा तथा बाबुराम महतलाई उपाध्यक्षमा नियुक्ती गरेको हो । विभिन्न समुह, विचार लगाएत सबै पक्षलाई संयोजन गर्दै रुपन्देहीका समग्र नागरिकको साझा फोरमका रुपमा परिचित गराउनु यसको उद्धेश्य रहेको अध्यक्ष के.सी.ले बताउनुभयो ।

सल्लाहकार पूर्व प्रहरीका एसपी इश्वरीप्रसाद चापागाइले आउने दिनमा जनचेतना मूलक कार्यक्रम, सरसफाई, सार्वजनिक निकायहरुमा नियमन लगायतको कार्यक्रमहरु मार्फत समाज रुपान्तरणका लागि सस्थाले कार्यक्रम गर्दै जाने बताउनु भयो । नवनियुक्त सल्लाहकार दिपक रोकाले यस समाजमा आफूलाई सल्लाहकार पदमा नियुक्त गरेकोमा सबै पदाधिकारीलाई धन्यवाद दिंदै निस्वार्थ रुपमा सस्थाको भलाइको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।