Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • रुपन्देहीमा अनलाईनबाट विद्युत महशुल भुक्तानी सुरु

    February 25, 2018


    बुटवल, १३ फागुन ।  अबदेखि रुपन्देहीको बुटवल, नयाँमिल तथा अमुवा क्षेत्रका विद्युतका उपभोक्ताले अनलाईन मार्फत विजुलीको महशुल भुक्तानी गर्न पाउने भएका छन् । उपभोक्ताले विद्युत महशुल आफ्नो घरबाटै अनलाईनमार्फत भुक्तानी गर्न सकुन भन्ने नेपाल सरकारको नीति अनुरूप नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ई–सेवाले रुपन्देहीमा पनि यो सेवा सुरु गरेको हो । रुपन्देहीका तीन वटै स्थानमा आईबारदेखि सेवा सुरु भएको ई–सेवाले जनाएको छ ।

    त्यसकालागि ई–सेवा एकाउन्ट भएका ग्राहकले आफ्नै मोवाईल तथा कम्युटरबाट बिजुलीको महशुल तिर्न सक्नेछन् भने ई–सेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको ई–सेवा जोन अथवा पोइन्टबाट बिजुलीको बिल भुक्तानी गर्न सक्नेछन् । मुलुकभर ई–सेवाका २८ हजार बढि जोन पोइन्ट रहेका छन् भने बुटवल आसपासमा मात्रै करिब ३ हजार ५ सयको हाराहारीमा जोन पोइन्ट रहेको बताईएको छ । अनलाइन भुक्तानी सेवा सुरूभएसँगै जहाँबाट, जतिखेरपनि अनलाईनबाट विद्युत्को महशुल भुक्तानी गर्न सकिने छ ।

    ई–सेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । विगत ८ वर्षदेखि सञ्चालनमा रहेको ई–सेवाले नेपालका ७७ वटै जिल्लामा सेवा दिँदै आएको छ । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त ई–सेवाले निकट भविष्यमै रेमिट्यान्स कारोबार समेत सुरू गर्ने तयारी गरेको बताईएको छ । त्यस्तै मोबाईल एप्स् डाउनलोड गरी ई–सेवा चलाउनेको संख्या लाख छ भने इन्टरनेटमार्फत् ई–सेवा चलाउनेको संख्या ८ लाख रहेको ई–सेवाले जनाएको छ ।

    त्यसैगरी जोन पोइन्टमार्फत् अप्रत्यक्ष रूपमा ई–सेवा प्रयोग गर्नेको संख्या ६० लाख नाघेको छ । ई–सेवा मोबाईल एप्स् डाउनलोड गरी मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बस टिकट, मुभी टिकट खरिद लगायतका सय भन्दा बढि सुविधा लिन सकिने सूचना तथा सञ्चार शाखाका अरुण फुयालले जानकारी दिनुभयो ।