सजिलो र कल्याणकारीको साधारणसभा सम्पन्न

486

सजिलो र  कल्याणकारीको साधारणसभा सम्पन्न

बुटवल २५ कार्तिक । सजिलो बचत तथा क्रण सहकारी संस्था लिमिटेड बुटवल ९ को नवौ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अम्मर वहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन डिभिजन सहकारी कार्यालयका निरिक्षक गुणखर खनालले गर्नु भयो । कार्यक्रममा वोल्ने वक्ताहरुले सहकारीका माध्यमबाट समाजिक रुपान्तरण हुन सक्ने बताएका थिए ।
सो अवसरमा बोल्दै सहकारी निरिक्षक खनाल, रोड ढुङगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली, संस्थाका सल्लाहकार गोविन्द मरासिनी, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष बिक्रम खड्का लगायतले बोलेका थिए ।
सधारण सभामा करिब साढे २ करोड बचत तथा २ करोड क्रण लगानी गरेको जानकारी गराईएको थियो । सभाले आगामी बर्षका विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
कार्यक्रममा एस ई ई परिक्षमा उत्कृष्ट शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको स्वागत उपाध्यक्ष रामराज पोख्रेल, संचालन गुणनिधि खनालले गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक यम वहादुर अर्याल र कोषाध्यक्षको प्रतिवेदन अनिलराज शाक्यले प्रस्तुत गरेका थिए ।यसैगरी कलयाकारी वहुउद्देश्यीय सहकारी संस्था लि. बुटवलको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले हालै मात्र आएको सहकारी ऐनले सहकारी क्षेत्रमा विद्यमान धेरै समस्या,अस्पष्टता र जटिलताहरु हटाई लगानी गर्ने दायरा बढाइदिएको बताए । उनले नयां सहकारी ऐनमा वचत सुरक्षण कोष र ऋण असुली न्यायाधीकरण जस्ता व्यवस्थाले वचतकर्ताको वचत र सहकारी संस्थाको ऋण दुबै नडुब्ने अवस्था भएको पनि बताए ।
कार्यक्रममा वचत तथा ऋण सहकारी संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष बसन्त ढकाल, सीप विकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेल, सशक्त सहकारीका अध्यक्ष कष्ण चौहान
क्षेत्री, कल्याणकारी सहकारीका सल्लाहकारद्वय युवराज गिरी र उमाकान्त बस्याल,शेयर सदस्य रमेश प्रसाद पाण्डे,हरिबहादुर आचार्य क्षेत्री लगायतले बोल्दै सहकारीले अब वचत तथा ऋणको मात्र नभई अन्य उत्पादनमूलक,सेवामूलक र उद्यमशीलता विकास गर्ने क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिए ।
सो अवसरमा ७० वर्ष पुगेका जेष्ठ सदस्य ९ जनालाई जनही ६ हजारका दरले पेन्सन स्वरुप प्रदान गरिएको थियो भने एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको थियो । यस्तै स्थानीय तह निर्वाचनमा निर्वाचित शेयर सदस्यहरु र सहकारीले आयोजना गरेको रक्तदानमा सहभागी ६७ जना रक्तदातालाई पनि सम्मान गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष डोलराज अर्यालको अध्यक्षता र सचिव लक्ष्मण आचार्य क्षेत्रीको संचालनमा सम्पन्न भएको थिया