Sunday 22nd July 2018
  • New title for a=>html, img=>alt
  • साविक विजेता सुनौलो संगमलाई फराकिलो अन्तरमा रोक्दै मनाङ मस्र्याङदी फाईनलमा

    March 31, 2018


    बुटवल, १७ चैत । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फूटवल प्रतियोगितामा साविक विजेता सुनौलो संगमलाई फराकिलो अन्तरमा रोक्दै मनाङ मस्र्याङदी क्लवले फाईनलको यात्रा सुनिश्चित गरेको छ ।

    मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश पाँच समितिले आयोजना गरेको प्रतियोगिता अन्तरगत शनिबार भएको पहिलो सेमिफाईनल खेलमा ५ गोल गरेको मनाङ मस्र्याङदीले साविक विजेता सुनौलो संगमलाई शुन्यमा रोकिदिएको हो ।

    खेल अवधिभर ५ गोल गरेको मनाङ मस्र्याङ्दीको तर्फबाट सुजल श्रेष्ठले तीन र अञ्जन विष्टले दुई गोल गरेका थिए । प्राप्त भएका धेरै अवसरलाई सदुपयोग गर्न नसकेको सुनौलो संगमका बिरुद्ध मनाङ मस्र्याङ्दीले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो ।

    खेलको २५ औं मिनेटमा सुनौलो संगमका खेलाडीले डि वक्स भित्र मिलन रानालाई लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मनाङ मस्र्याङ्दीका सुजल श्रेष्ठले पहिलो गोल गरेका थिए । त्यस्तै ३१ औं मिनेटमा मनाङ मस्र्याङ्दीका अञ्जन विष्टले अर्को गोल गर्दै गोल अन्तरलाई थप फराकिलो बनाएका थिए ।

    खेलको पहिलो हाफमा दुई गोल खाएर थप दवावमा परेको सुनौलो संगमलाई दोस्रो हाफमा थप तीन गोलको झड्का लाग्यो । खेलको ५८ मिनेटमा सुजल श्रेठ, ६६ औं मिनेटमा पुनः अञ्जन विष्टले गोल गरेर खेललाई फराकिलो अन्तर गराएका थिए । खेलको अन्तिम मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत तेस्रो गोल गरेका थिए ।

    पहिलो सेमिर्फाइनल खेलमा तीन गोल गरेका मनाङ् मस्र्याङ्दीका सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदा १० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् । आईतबार मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र थ्रि स्टारका बिचमा अन्तिम सेमिफाईलन खेल हुनेछ ।