Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • काँग्रेसले सैनामैनामा इञ्जिनियरिङ् कलेज बनाउने

    November 30, 2017


    बुटवल, १४ मंसिर । नेपाली काँग्रेसले सैनामैना नगरपालिकामा सुबिधा सम्पन्न इञ्जिनियरिङ् कलेज बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । रुपन्देहीको क्षेत्र नं. २ मा पर्ने सैनामैना नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा घरदैलो गर्ने क्रममा प्रतिनीधि समा सदस्य उम्मेदवार युवराज गिरी र प्रदेश सभा सदस्य उम्मेदवार महेशमान सिंहले युवालाई प्राबिधिक शिक्षा आवश्यकतामा जोड दिंदै सैनामैनामा सुविधा सम्पन्न इञ्जिनियरिङ् कलेज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

    रुपन्देही क्षेत्र नं. २ मा बुटवल उपमहानगरपालिका सहित सैनामैनाको ४ वटा वडा र तिलोत्तमा नगरपालिकाको १ देखि ६ सम्मका वडा पर्दछन् । नेपाली काँग्रेसले बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने तथा तिलोत्तमा नगरपालिकामा मेडिकल कलेज बनाउने प्रतिवद्धता गरेको हो ।

    त्यस्तै नेपाली काँग्रेसले बुटवल बिकास प्राधिकरणको लागि प्रतिवद्धता व्यक्त गरेको छ । उसले प्राधिकरणका माध्यमबाट सैनामैना, बुटवल र तिलोत्तमा हुँदै तिनाउ चक्रपथको अवधारणा अंगाडी सारेको छ । नेपाली काँग्रेसबाट प्रतिनीधि सभा सदस्य उम्मेदवार युवराज गिरीले नेपाली काँग्रेसले बुटवललाई केन्द्रमा राखेर रुपन्देहीमा प्रदेश राजधानी बनाउने प्रतिवद्धता गरेकाले पनि यस क्षेत्रको भौतिक पूर्वाधारको बिकास सोही अनुसार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

    बुटवल पुरानो व्यापारिक स्थल भएपनि पछिल्लो समयमा शिक्षा, स्वास्थ्य, उद्योग व्यापार, अटो सबै क्षेत्रमा हवको रुपमा बिकास हुँदै गएको छ । यसले पनि बुटवललाई केन्द्रमा राखेर रुपन्देहीमा नै प्रदेश राजधानी बनाउन सकिने नेताहरु बताउँछन् । पूर्व–पश्चिम, उत्तर दक्षिणको ट्रान्जिक्ट प्वाईन्ट पनि भएकाले बुटवललाई प्रदेश राजधानी बनाउने सम्भावना उत्तिकै छ । तर काँग्रेस नेताहरुले एमालेले दाङ्लाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेर जनता झुक्याउनकालागि बुटवल बनाउने प्रोपोगाण्डा मात्रै गरेको आरोप लगाउँदै आएका छन् ।

    एमालेको दाङ्लाई प्रदेश राजधानी बनाउने भित्री निर्णय, सुकुम्बासीका नाममा पटक पटक लालपूर्जा बाड्ने बाचा गरेपनि काम नगरेको र भारतीय भूपू सैनिककालागि बुटवलमा बन्दै गरेको स्थायी पेन्सन क्याम्पको बिरोध गरेकाले नेपाली काँग्रेसको जित सहज भएको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बताउनु भयो ।

    दाङ्का माओवादी नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलले पाँच नं. प्रदेशको राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी हुने पार्टी निकटका व्यक्तिहरुलाई बताउँदै आएका छन् । एमालेले प्रदेशको मुख्य मन्त्री बनाउने सर्तमा केन्द्रीय नेता शंकर पोखरेललाई प्रदेश सभामा उम्मेदवार बनाएको छ । यसले पनि एमालेले प्रदेश राजधानी दाङलाई नै बनाउने पुष्टि गर्छ ।