प्रदेश पाँचः बस्दै नबसी संसद बैठक स्थगित

566

प्रदेश पाँचः बस्दै नबसी संसद बैठक स्थगित

बुटवल, १२ असार । मंगलबार दिउसो १ बजेका लागि बोलाइएको प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । वजेटप्रति असन्तुष्टी जनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको बैठकमा सहमति जुटन नसके पछि सुचना टासेर संसद बैठक स्थगित गरिएको हो ।

मंगलबार दिउसो १ बजेका लागि संसद बैठक बोलाइएकोमा मुख्य मन्त्री शंकर पोखरेल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल नेतृत्वको कांग्रेस सांसदहरुको वार्ता टोलीबीच वजेटको बिषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि पुन अपरान्ह ४ बजे मौखिक जानकारी गराइएकोमा बैठकै नवसी सूचना टासेर स्थगित गरिएको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममै बिरोध जनाएको कांग्रेसलाई मुख्य मन्त्री पोखरेलले नीति तथा कार्यक्रममा सबै बिषय समेट्न नसकिने भन्दै विनियोजन विधेयकमा सबै सांसदहरुका योजना समेटिने आश्वासन दिए पछि कांग्रेसको बिरोधका कारण अवरुद्ध संसद बैठक सुचारु भएको थियो ।

सोमबार देखि शुरु भएको प्रदेश विनियोजन विधेयकमाथिको छलफल मंगलबार पनि जारी रहने गरि स्थगित भएको प्रदेश सभाको बैठक प्रदेश सरकार र कांग्रेस सांसदहरुबीच सहमति जुट्न नसक्दा विनियोजन विधेयकमाथिको छलफल प्रभावित भएको छ । मंगलवार दिउसो १ बजे बस्ने गरि सोमबार स्थगित भएको प्रदेश सभाको बैठक बस्न नसकेकोले बुधबार मध्यान्ह १२ बजे बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयद्वारा जारी सुचनामा जनाइएको छ ।

नीति तथा कार्यक्रममा आफुहरुले बिरोध जनाउदा विनियोजन विधेयकमा सबै सांसदहरुका योजनाहरु समेटेर आउने मुख्यमन्त्रीले आश्वासन दिए पनि विनियोजन विधेयकमा पनि कांग्रेसलाई बाईपास गरिएकोले वजेटमा कांग्रेसको असहमति रहेको कांग्रेस संसदीय दलका नेता वलदेव शर्मा पोखरेलले बताउनु भयो ।

मुख्य मन्त्रीसँगको वार्तामा सहमति जुट्न नसके पनि प्रमुख प्रतिपक्षी दलसँग वार्ता गर्न मुख्य मन्त्रीले सरकारका प्रवक्ता समेत रहेका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई पठाउनु भएको थियो । प्रतिपक्षी दल नेपाली काँग्रेसले मुख्य मन्त्रीसंग मात्रै बार्ता गर्ने अडान राखेको छ ।

मुख्य मन्त्रीले वजेटमा तलमाथि गर्न नसकिने भन्दै जनतामा जाने बताए पछि आफुहरु पनि जनतामा जान्छौ, प्रतिपक्षी दल बिना संसद चलाउने भए चलाउनोस भन्दै बाहिरीएको नेपाली काँग्रेस संसदीय दलका नेता शर्माले बताउनु भयो । वजेट अध्ययन गर्नकै लागि सोमबारको प्रदेश सभा बैठकमा कांग्रेस सांसदहरुले नबोलेको तर वजेटमा त्यस्तो नपाइएकोले बिरोध गर्नुपरेको उहाँले बताउनु भयो । वजेट समाबेसी र सन्तुलित नभएको र बिपक्षी दललाई बाईपास गरिएको कांग्रेसको आरोप छ । सोमबार देखि शुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा सहभागि सत्ता पक्षकै सांसदहरुले समेत वजेट समावेशी र सन्तुलित नभएको भन्दै वजेटको आलोचना गरेका थिए ।