Sunday 22nd July 2018
  • New title for a=>html, img=>alt
  • संघियता खारेजको मागपत्र बुझ्दै मुख्यमन्त्रीले भने : ‘सहकारी संघियताको अभ्यासमा छौ

    March 29, 2018


    शिव डुम्रे/बुटवल, चैत  ।  प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघियता राज्यको चरित्र नभई शासन प्रणालीको अभ्यासमात्रै भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा ५ नं। प्रदेश समितिले बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलमा दिएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।

    संविधान निर्माणअगावैदेखी संघियताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रमअनुसार देशभरका प्रदेश कार्यालय र मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाईएको हो । संविधान कार्यान्वयन भैरहँदा यसको लागी जनमोर्चाले सकारात्मक भूमिका खेलेको भएपनि संघियताले देशको भलो नहुने र यसको खारेजको मागमा जनमोर्चा अडिग रहेको उल्लेख गरिएको ज्ञापनपत्रमा संघियता उपयुक्त नहुदाँ नहुँदै पनि राजनैतिक पार्टीहरुले दबाब र प्रलोभनमा परेर स्वीकार गर्न पुगेको कुरा उल्लेख गरेको छ ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘मधेशवादी दलहरुले संघीयतासँग जोडेर एक मधेस एक प्रदेश, आत्मनिर्णयको अधिकार जस्ता माग उठाएका थिए । जसलाई संविधान सभाले समेत अस्विकार ग¥यो । नयाँ संविधानमा अहिले संघीयता, नागरिकता सम्बन्धि खुकुलो प्रावधान, जनसंख्यालाई प्रमुख आधार बनाएर प्रदेशहरु र निर्वाचन क्षेत्रको निर्माण र तराईलाई पहाडबाट अलग गरेर प्रदेशको निर्माण जस्ता घातक विषय राखिएको छ ।’संघियताका कारण संविधान कार्यान्वयनमा बाधा भैरहेको भन्दै संघियता खारेज गर्ने सबालमा प्रदेश नं। ५ को मुख्य मन्त्रीको हैसियतले प्रकृया अगाडी बढाउनसमेत ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।

    ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोख्रेलले अरु देशको संघियता सत्ताको चरित्र भएपनि नेपालको संघियता शासन प्रणालीमात्रै भएकोले यसलाई सामान्य अर्थमा बुझ्नुपर्ने बताए । सबैलाई सहज र सामान्य हुने खालको सहकारी संघियताको अवधारणमा आफूहरु रहेकोले संविधानले सबैलाई संघियतामा अट्ने सुविधा दिएकोसमेत बताए ।

    उनले जनमोर्चाले संविधान कार्यान्वयनमा खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा पनि संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सँगसगै हातेमालो गनुपर्नेमा जोड दिए । प्रदेशका ७ जिल्लाका प्रमुख तथा प्रतिनिधीहरु उपस्थित भएर सो ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्रमा उल्लेख गरिएको विषयबस्तुमा प्रवेश नगरेका मुख्यमन्त्रीले कुटिल जवाफ दिएर संघियतालाई बलियो बनाएर जानुपर्ने र त्यही बाटोमा जनमोर्चालाई आउनसमेत आग्रह गरे ।