सेभेन हन्टद्वारा तीज विशेष कार्यक्रम

346

सेभेन हन्टद्वारा तीज विशेष कार्यक्रम

बुटवल, ७ भदौ । सेभेन हन्ट ईन्टरटेन्मेन्टले हरितालिका तीजको अवसरमा बुटवलमा तीज विशेष कार्यक्रम गरेको छ । सेभेन हन्टले आयोजना गरेको लुम्विनी फेशन प्यारेड प्रतियोगितामा सहभागि भएका युवायुवतिहरुलाई तीजको दर खुवाउने तथा उनीहरुको ट्यालेन्ट राउण्ड गरेर तीज विशेष कार्यक्रम गरेको हो ।

सेभेन हन्टका अध्यक्ष अरुण थापाको अध्यक्षतामा भएको कार्यक्रममा ईन्टरनेशनल फेशन कलेजकी संचालक जमुना पुन, सत्यसाई कला केन्द्रका सुन्दर गुरुङ्ग, कोरियोग्राफर रेशम न्यौपाने, दयासागर थापा, लोक गायिका शितल शर्मा, पत्रकार झविन्द्र देवकोटा, लक्ष्मण छन्ट्याल लगायतले तीज कार्यक्रमले तीजको साँस्कृतीक महत्वलाई जोगाई राख्ने र फेशन प्यारेड प्रतियोगिताले युवायुवतिहरुको क्षमतालाई बाहिर निकाल्ने भएकाले यस्ता कार्यक्रमको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।

एक महिना अगाडि सुरु भएको लुम्विनी फेशन प्यारेड कार्यक्रमले लुम्विनी अञ्चलका युवा र युवती गरि दुई जना विजेतालाई छनोट गर्ने छ । उक्त प्रतियोगिताको उपाधी विजेताले नगद तथा गिफ्ट हेम्पर पाउनुका साथै विभिन्न गिति भिडियोहरुमा मोडलिङ्ग गर्न पाउने कार्यक्रमका कोरियोग्राफर रेशम न्यौपानेले जानकारी दिनुभयो ।