साईनिङ्गको वार्षिकोत्सवमा भलिवल र नृत्य प्रतियोगिता

825

साईनिङ्गको वार्षिकोत्सवमा भलिवल र नृत्य प्रतियोगिता

गुल्मी(जुभूङ्ग), ३ जेठ । साईनिङ्ग स्टार युवा क्लव खुल्ला भलिवल प्रतियोगिताको उपाधी नवदुर्गा युवा क्लव लिम्घाले हात पारेको छ । तेस्रो वार्षिकोत्सवको अवसरमा साईनिङ्ग स्टार छत्रकोट गाउंपालिका वडा नं. २ पल्लिकोट गुल्मीले आयोजना गरेको खुल्ला वडा स्तरिय (साविक वडा) भलिवल प्रतियोगितामा आयोजकलाई उपविजेतामा सिमित गर्दै नवदुर्गाले २० हजार रुपैया नगद सहित कप, मेडल हात पारेको छ ।

आयोजक साईनिङ्ग स्टार उपविजेतामा सिमित बन्दै १५ हजार रुपैयामा चित्त बुझाएको छ । प्रतियोगितामा तृतीय बनेको छत्रदेवी युवा क्लव पल्लिकोटले दश हजार रुपैया हात पारेको छ । वैशाख २९ गतेबाट सुरु भएको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा राजु रजाली उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर टिका सुर्यवंशी, उत्कृष्ट सेटर सागर रजाली र अनुशासित टिम न्यु सनराईज युवा क्लव नोरम भएको छ ।

त्यस्तै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला नृत्य प्रतियोगितामा छत्रदेवी युवा क्लवकी प्रतिमा रायमाझी प्रथम भएकी छिन् । नृत्य प्रतियोगितामा लाङघाली युवा ग्रुप द्वितीय, प्रगतिशिल युवा क्लवका मनिष तङनामी र आयोजक साइनिङ्गकी मिना पचभैया तृतीय भएकी छिन् । त्यस्तै रिभर साईड युवा क्लव जुभूङ्गका राजु थापा सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेले क्रमश तीन, दुई, एक/एक र पांच सय रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको क्लवका सचिव एवं बार्षिकोत्सव समारोह समितिका सभापति राजन रजालीले जानकारी दिनुभयो । नृत्य प्रतियोगितामा दश टिमले भाग लिएका थिए ।