शाइन बैकले पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने

525

शाइन बैकले पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने


बुटवल, २१ चैत । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नम्वर ५ को सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्षलाई सहयोग पुर्याउन पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु गर्ने भएको छ ।

बैकले दुबै सरकारले घोषणा गरेको भ्रमण वर्षलाई बित्तिय क्षेत्रबाट पनि सहयोग गरी आन्तरीक तथा बाह्य पर्यटक बढाउन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताएको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु गर्ने जानकारी दिनुभयो । बैकले पर्यटन क्षेत्रको विकासका लागि उक्त क्षेत्रको लगानीलाई उच्च प्राथमिकतामा राखि सेवा दिने पनि उहाँले बताउनु भयो ।

नेपालको व्यापार घाटा कम गर्ने उपयुक्त माध्यम पर्यटन क्षेत्र भएकाले बैकले पर्यटन क्षेत्रलाई बिशेष प्राथमिकतामा राख्न लागेको पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभयो । यसैबिच शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले नयाँ वर्ष २०७६ को क्यालेण्डर पर्यटन बिशेषका रुपमा प्रकाशन गरेको छ ।

बुद्धजन्मस्थल लुम्विनी, पाल्पाको ऐतिहासिक स्थल रानीमहल, रारा र तिलिचो ताल, सगरमाथा र अन्नपूर्ण हिमालको तस्बिर राखेर क्यालेण्डर प्रकाशन गरेको हो । पर्यटन बिशेष क्यालेण्डरको विहिवार बैंकमा आयोजित कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत पौडेल, नायव महाप्रवन्धकहरु साजन भट्टराई र लोकराज पनेरु, प्रमुख जोखिम अधिकृत यशोधन पाण्डेय, प्रमुख बित्त अधिकृत भुवन प्रसाद पन्थ, सामान्य सेवा बिभाग प्रमुख लालमणि पन्थी र प्रमुख सञ्चालन अधिृत नम्रता थापा तथा सञ्चालन बिभाग प्रमुख मित्रमणि पोखरेलले संंयुक्त रुपमा बिमोचन गर्नुभयो ।