स्मृति कप फूटवल शनिबारदेखि हुने

563

स्मृति कप फूटवल शनिबारदेखि हुने

बुटवल, १३ मंसिर । प्रथम स्मृति कप अन्तर बिद्यालय नकआउट फूटवल प्रतियोगिता शनिबारदेखि बुटवलमा हुने भएको छ । स्मृति स्पोर्टस क्लवको आयोजना र एन्फा एकेडेमी बुटवलको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा रुपन्देही जिल्लाका २६ बिद्यालयको सहभागिता रहने क्लवका अध्यक्ष महेश खनालले बताउनु भयो ।

क्लवले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा विजेता टिमलाई ५१ हजार १११ रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उपविजेता हुने टिमलाई २५ हजार १११ रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने स्मृति बोर्डिङ् स्कुलका प्रिन्सिपल हरि ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कारको प्रायोजन फोरनेशन ईन्टरनेशनल र उपविजेतालाई प्रदान गरिने पुरस्कार नसिभ गार्मेन्टले प्रायोजन गरेको क्लवका संरक्षक विष्णु ढकालले जानकारी गराउनु भयो । प्रतियोगितामा ५ वटा सामुदायिक तथा २१ वटा संस्थागत बिद्यालय सहभागि हुने क्लवका सल्लाहकार तुलसीप्रसाद सापकोटाले बताउनु भयो । प्रतियोगिता अन्तरगत हरेकदिन दुई खेल हुने आयोजकले बताएका छन् ।