भलाई कोषको स्थापना दिवसमा रक्तदान

1.5K

भलाई कोषको स्थापना दिवसमा रक्तदान

बुटवल, ३ बैशाख । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल संस्था स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना दिसको अवसरमा मंगलबार कोषको कार्यालय परिषरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, सदस्य, कर्मचारी, मजदूर तथा व्यवसायी गरी ५० जनाले रक्तदान गरेको अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनुभयो ।

संस्थागत रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गरिएको र आगामी दिनमा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष फुल्लेलले बताउनु भयो । बिरामीलाई रगतको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले रक्तदान गरिएको कार्यक्रम संयोजक कोषका महासचिव योग गुरुङले जानकारी दिनुभयो ।