सुनौलो शान्ति फाइनलमा

620

सुनौलो शान्ति फाइनलमा

बुटवल, २९ चैत । बुटवलमा जारी प्रथम भूपू सैनिक नक आउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सुनौलो शान्ति युुवा क्लब कन्चनगाउपालिका गजेडी बिजयी भएको छ ।

सुुनौलोले आयोजक भुुपुु सैनिक जवइ स्पोर्टिङ क्लबलाइ ट्राइब्रेकरमा ३–० ले पराजीत गरि फाइनलको यात्रा तय गरेको हो । निर्धारीत समय दुुबैटिमबाट कुनैपनि गोल नभएपछि खेल ट्राइब्रेकरमा पुुगेको थियो । ट्राइब्रेकरमा सुनौलोको तर्फबाट डोना थापा, सुनिल थापा र एमन घर्तिमगरले गोल गरेका थिए भने आयोजकलाइ निराश बनाउदै जमन लिगल, अजित थापा र आशिष गुुरुङले गोल गर्न सकेनन । खेलमा सुनौलोका गोलरक्षक रेजिन श्रेष्ठ भए ।

यस्तै प्रतियोगिताको अन्तिम सेमिफाइनलमा बुधबार आर.के एफ.सी बुुटवल र झरना स्पोर्टस क्लब कुन्जलापुरका बिचमा हुुने क्लबका अध्यक्ष गोपिराम पुनले जानकारी दिए ।प्रतियोगिता बुटवल बेलबास स्थित जबई खेलमैदानमा सञ्चालित छ । प्रतियोगितामा रूपन्देही विभिन्न १४ क्लबहरू सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार १ सय र द्धितीयले ५१ हजार १ सय ११ प्राप्त गर्ने पुनले बताए । प्रतियोगिता आउँदो वैशाख १ गतेसम्म चल्ने क्लबका वरिष्ठ सल्लाहकार मानसिंह थापाले बताए ।