सुनसरी ३ मा बिजय गच्छदारले जित्ने सम्भावना बढ्यो (अपडेट)

531

सुनसरी ३ मा बिजय गच्छदारले जित्ने सम्भावना बढ्यो (अपडेट)

२७ मंसिर, इटहरी । विवादका कारण एक दिन रोकिएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना मंगलबार अपरान्हबाट शुरु भएको छ । शुरुदेखिनै अग्रता लिइरहेकी एमालेकी भगवती चौधरीको अग्रता रोकिएको छ ।

मुचुल्का भन्दा बढि मतपत्र भेटिएको र अधकट्टी सहितको मतपत्रको सिरियल नम्बर समेत हेर्न नदिइएको भन्दै एमालेले मतगणना अवरुद्ध गरेको थियो ।

निर्वाचन अधिकृत टिका घिमिरेले मुचुल्का र सिरियल नम्बर हेर्न नदिएर सेटिङ अनुसार बिजय गच्छदारलाई जिताउन खोजेको आरोप भगवती चौधरीले लगाएकी छन् ।
निर्वाचन आयोगको निर्देशन बमोजिम मतगणना अघि बढेको छ । पछिल्लो मतगणनका परिणाम अनुसार नेपाली कांग्रेसका बिजयकुमार गच्छदारले ३६ हजार ३८० र एमालेकी भगवती चौधरी ३५ हजार ५६१ मतका साथ पछ्याइरहेकी छिन् ।
सुनसरी क्षेत्र नं.३ को पछिल्लो मतपरिणाम यस्तो छ ।
विजय कुमार गच्छदार : ३६३८०
भगवती चौधरी : ३५५६१
मतान्तर : ८१९