तरुण दल तिलोत्तमाको जागरण कार्यक्रम

414

तरुण दल तिलोत्तमाको जागरण कार्यक्रम

बुटवल, १० जेठ । नेपाली काँग्रेसले आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’ अन्तरगत नेपाल तरुण दल रुपन्देहीको तिलोत्तमा नगर समितिले यहि जेठको १२ गते जागरण कार्यक्रम गर्ने भएको छ । तरुण दल रुपन्देही जिल्ला समितिको परिपत्र अनुसार तिलोत्तमा नगर समितिले नगरपालिका भित्र भएका भ्रष्टाचार तथा अनियमितता भण्डाफोर गर्नेगरी कार्यक्रम तय गरिएको तरुण दल रुपन्देहीका सदस्य विजय गुरुङ्ले जानकारी गराउनु भयो ।

नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका वडा नं. ६ को पार्टी कार्यालयमा गरिने कार्यक्रममा काँग्रेस केन्द्रीय प्रतिनीधि प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले समेत सम्बोधन गर्नुहुने छ ।

तरुण दल तिलोत्तमा नगर समितिको शुक्रबार बसेको बैठकले कार्यक्रमको मिति तथा खाका तयार गर्नुका साथै कार्यक्रममा सहभागिताका लागि आम तरुण तथा पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेको तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।