Tuesday 19th June 2018
  • New title for a=>html, img=>alt
  • नदिजन्य पदार्थ निकासी रोक्न अदालतको आदेश

    March 12, 2018


    बुटवल, २८ फागुन । जिल्ला समन्वय समिति रुपन्देहीले रुपन्देहीका बिभिन्न नदिबाट नदिजन्य पदार्थ निकासीकालागि आह्वान गरेको टेण्डर अदालतले रोकिदिएको छ ।

    जिल्ला समन्वय समिति रुपन्देहीले गत माघ २१ गते सूचना प्रकाशित गरि तिनाउ नदि सहित रुपन्देहीका बिभिन्न सात स्थानबाट नदिजन्य बस्तु उत्खनन् तथा निकासीकालागि टेण्डर आह्वान गरेको थियो ।

    नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ प्रतिकुल हुनेगरी अधिकार क्षेत्र बाहिर गएर जिल्ला समन्वय समितिले टेण्डर आह्वान गरेको भन्दै रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ कर्साघाटका विष्णुप्रसाद मिश्र तथा विणुप्रसाद घिमिरे सहित ११ जना स्थानीयले उक्त आह्वान गरिएको टेण्डर रोक्न माग सहित उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा रिट दर्ता गर्नुभएको थियो ।

    उक्त रिट निवेदनमा जिल्ला समन्वय समिति रुपन्देही, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख र जिल्ला समन्वय अधिकारीलाई विपक्षि बनाईएको छ ।

    उच्च अदालत तुलसीपुर बुटवल ईजलासले आईतबार दुबै पक्षलाई छलफलकालागि बोलाएको थियो । अदालतमा भएको छलफल उप्रान्त न्यायधिस द्वय नागेन्द्रलाभ कर्ण र गोकर्ण डागीको संयुक्त ईजलासले बोलपत्र आह्वान सम्बन्धि सूचना बमोजिम हालसम्म भएगरेका कार्यलाई यथास्थितीमा राख्न र प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सात वटै ठेक्का नम्बरका बोलपत्रहरु कवुलियतनामा गर्ने, सम्झौता गर्ने, चलानी पट्टा दिने, ठेक्का स्वीकृती गर्ने कार्य नगर्न नगराउन तथा थप प्रकृया अंगाडी नबढाउन विपक्षका नाममा अन्तरिम आदेश दिएको हो ।

    उक्त बहसमा निवेदकका तर्फबाट अधिवक्ताहरु गोविन्दप्रसाद मरासिनी र गोकर्णराज वञ्जाडे तथा विपक्षि जिल्ला समन्वय समिति समेतको तर्फबाट अधिवक्ता उपेन्द्रराज ज्ञवाली र जिल्ला समन्वय अधिकारीको तर्फबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थिले बहस गर्नुभएको थियो ।