Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • व्यूटिसियन संघको तिज बिशेष दरखाने कार्यक्रम:
    तिजलाई सांस्कृतिक पर्वकै रुपमा बिकास गर्नुपर्नेमा जोड

    August 10, 2017


    बुटवल,  साउन । नेपाल व्यूटिसियन संघ रुपन्देहीले बुधबार बुटवलमा तिज बिशेष दरखाने कार्यक्रम गरेको छ ।

    उक्त कार्यक्रमका बोल्ने वक्ताहरुले तिजलाई सांस्कृतिक पर्वकै रुपमा बिकास गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

    पछिल्लो समयमा नेपालमा सांस्कृति पर्व तिजमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै त्यसबाट सजग भएर संस्कृति रक्षाकालागि पनि तिजलाई सांस्कृतिक पर्वकै रुपमा अंगाडी बढाउनु पर्ने उल्लेख गरेका थिए ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीकी कार्यसमिति सदस्य मायाँ गौतमले सामाजिक प्रभावलाई समेत ध्यान दिएर तीजलाई भड्कीलो बनाउन नहुने उल्लेख गर्नुभयो ।

    व्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष रेनु कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघकी केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, नेपाल प्रेस युनियन रुपन्देहीका सचिव तथा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका युवा अध्यक्ष कबिन्द्र नेपाल, संघकी बुटवल नगर समिति अध्यक्ष बिष्णु थापा, तिलोत्तमा नगर अध्यक्ष अञ्जना केसी, देवदह नगर अध्यक्ष विष्णु सुनार लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    संघकी सचिव अनिता केसीको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष केशरी पाण्डेले स्वागत गर्नुभएको थियो ।