Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • तिनाउ मिसन बैंकको एकिकृत कारोवार सुरु

    July 16, 2019


    बुटवल, ३१ असार । बुटवलमा प्रधान कार्यालय रहेका तिनाउ बिकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जर गरि तिनाउ मिसन डेभलपमेन्ट बैंकको नामबाट मंगलबारदेखि एकिकृत कारोवार सुरु गरेका छन् । यी दुई बैंकले गत चैतमा मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यसयता मर्जर प्रकृया पुरा गरि मंगलबादेखि एकिकृत कारोवार सुरु गरेको हो ।

    मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्व १४ करोड रुपैंया, निक्षेप १० अर्व ४५ करोड र ऋण ८ अर्व ९० करोड रुपैंया पुगेको छ भने बैंकको शाखा कार्यालयहरुको संख्या ३७ पुगेको छ । एकिकृत तिनाउ मिसन डेभलपमेण्ट बैंकको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिपकुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा हरिप्रसाद घिमिरे रहनु भएको छ ।

    राष्ट्रिय स्तरको विकास बैंक वन्ने तयारीमा रहेको यस बैंकले तोकिएको चुक्ता पुँजी पु¥याउनकालागि बुटवलमै केन्द्रिय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्तीको लागि सहमती पत्रमा हस्ताक्षर गरिसकेकोछ भने आवश्यक परेमा अर्को वित्तिय संस्थालाई लिने वा हकप्रदको विकल्प खुला राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।