Monday 22nd October 2018
  • New title for a=>html, img=>alt
  • ट्रेड युनियन काँग्रेस प्रदेश पाँचमा अधिकारी

    April 16, 2018


    बुटवल, ३ बैशाख । नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश पाँचको प्रथम अधिवेशनबाट मुकुन्द अधिकारीको अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरिएको छ । गत शुक्रबार दाङ्को लमहीमा भएको अधिवेशनबाट अध्यक्ष पदमा ११० मतसहित अधिकारी निर्वाचित हुनु भएको हो । अर्का प्रत्यासी रेश्मीराज गैरेले ७९ मत प्राप्त गर्नुभएको थियो ।

    नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश पाँचको अधिवेशनमा १२ जिल्लाबाट २१० जना प्रतिनिधि थिए । जसमध्ये १९९ मत खसेको थियो । कार्यसमितिको दुई खुल्ला उपाध्यक्ष पदमा १०५ मत सहित कृष्णप्रसाद वेल्वासे र ९८ मत सहित युवराज बस्नेत, महिला उपाध्यक्षमा ८८ मत सहित विष्णुकुमारी श्रेष्ठ, उपाध्यक्ष (सेवा)मा १०८ मत सहित रबिन्द्र यादव र उपाध्यक्ष (उत्पादन)बाट ११२ मत सहित शंकरप्रसाद पन्थ निर्वाचित हुनु भएको छ । अनौपचारिक स्वरोजगार उपाध्यक्षमा भने गोविन्दप्रसाद शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ ।

    त्यस्तै सचिव पदमा १११ मत सहित नन्दराम भट्टराई, खुल्ला सहसचिवमा ८४ मत सहित मदन सिग्देल, सेवा क्षेत्रबाट सहसचिवमा सरोजकुमार शाह, कोषाध्यक्षमा ९५ मद सहित प्रमोदकुमार न्यौपाने र सहकोषाध्यक्षमा महिलाबाट ९४ मत सहित लक्ष्मी न्यौपोन निर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी गराएको छ । महिलाबाट सहसचिवमा शारदा पाण्डे घिमिरे, उत्पादनबाट सहसचिवमा मानबहादुर राना तथा अनौपचारिक स्वरोजगारबाट सहसचिवमा जयस्वर पौडेल निर्बिरोध निर्वाचित हुनु भएको छ ।

    त्यस्तै ४ खुल्ला सदस्य पदमा संजयकुमार शर्मा, शिवकुमार श्रेष्ठ, मनबहादुर मल्ल र टिकानिधी वाग्ले तथा अनौपचारिक तथा स्वरोजगारबाट सदस्यमा हरि अधिकारी र सीता अर्याल निर्वाचित हुनु भएको छ । त्यस्तै चार महिला सदस्यमा रमा क्षेत्री, शुलोचना गौतम पोख्रेल, केशरी पाण्डे र कमला बास्ताकोटी निर्बिरोध निर्वाचित हुनु भएको छ । त्यस्तैगरी क्षेत्रबाट सदस्यमा शिवकला पाण्डे, कृष्णबहादुर विष्ट, ञाङ्सु गिरी, उत्पादनबाट सदस्यमा पुष्करराज खड्का, ढकबहादुर वली र हरिदेवी पोखरेल तथा अनौपचारिक तथा स्वरोजगार सदस्यमा सुलोचना प्रधान निर्बिरोध निर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी गराएको छ ।