रुपन्देही उद्योग संघको अध्यक्षमा अधिकारी

573

रुपन्देही उद्योग संघको अध्यक्षमा अधिकारी

बुटवल, ३० पुस । रुपन्देही उद्योग संघमा सम्पन्न २० औं अधिवेशनबाट अध्यक्ष पदमा गणेशप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । मौजुदा समितिमा वरिष्ठ उपाध्यक्ष रहनुभएका अधिकारीले मौजुदा समितिका सल्लाहकार सुनिल श्रेष्ठलाई १७६ मतले पछि पार्दै आगामी तीन वर्षे कार्यकालकालागि अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारीले ४४६ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी श्रेष्ठले २७० मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बाबुराम बोहोरा विजयी हुनु भएको छ । बोहोराले ३९० मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्दी महेश थैवले ३११ मत प्राप्त गर्नुभएको छ । द्वितीय उपाध्यक्षमा दिलिप सापकोटा विजयी हुनु भएको छ । सापकोटाले ३८५ मत प्राप्त गर्दा प्रतिद्वन्दी सावित्रा टण्डनले ३१५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै महासचिवमा ४३० मतका साथ कृष्णप्रसाद पराजुली, सचिवमा ४२३ मतका साथ जिवकान्त काफ्ले विजयी हुनु भएको छ । संघको कार्यसमिति पदाधिकारीमा प्रथम उपाध्यक्षमा माधवप्रसाद पौडेल, कोषाध्यक्षमा शिवकुमार पाठक र सहकोषाध्यक्षमा हरिबहादुर खत्री यस अंगाडी नै निर्बिरोध निर्वाचित भईसक्नु भएको थियो ।

संघको एशोसियट सदस्यमा सुमन बस्याल, खुल्ला सदस्यमा हिरामणी भट्टराई, दिपक खनाल, शोभाखर पोखरेल, घनश्याम घिमिरे, कृष्णलाल भुसाल, युवराज आचार्य, बसन्त ढकाल, सुरेन्द्र ज्ञवाली र माधव रेग्मी निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तैगरी योगीकुटी पड्सटरी सेक्टर सदस्यमा चन्द्रकान्त खनाल र प्रमेबहादुर आले निर्वाचित हुनु भएको छ । यस बाहेक अन्य सदस्य पदमा भने यस अंगाडी नै निर्बिरोध भईसकेको थियो ।