Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • व्यबसायिक स्वतन्त्रताका लागि काँग्रेस-उद्योगी व्यबसायी

    November 25, 2017


    बुटवल, ९ मंसिर । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानालाई एक वर्ष भित्रै सञ्चालन गर्ने र कम्तिमा पनि एक हजार युवालाई रोजगारी प्रदान गर्ने नेपाली काँग्रेसले प्रतिवद्धता व्यक्त गरेको छ ।
    बिदेश निर्यात हुने धागो उत्पादन गर्ने बुटवलको धागो कारखाना बन्द हुँदा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको र यस क्षेत्रका उद्योगी व्यबसायीको चाहना पनि पुन सञ्चालन गर्नुपर्ने रहेकाले त्यसलाई पुन सञ्चालन गर्ने नेपाली काँग्रेसले प्रतिवद्धता व्यक्त गरेको रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार युवराज गिरीले बताउनु भयो ।
    तिलोत्तमा नगरपालिकाका उद्योगी व्यबसायसंग शनिबार तिलोत्तमाको बिपि स्मृति भवनमा भएको भेटघाट तथा छलफलका क्रममा उहाँले आफ्नो क्षेत्रमा पर्ने नगरपालिकाहरु तिलोत्तमा, बुटवल र सैनामैलाईलाई मुलुककै आर्थिक केन्द्रको रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    उम्मेदवार गिरीले त्यसकालागि यस क्षेत्रमा औद्योगिक बिकास अपरिहार्य रहेकाले थप उद्योग धन्दा सञ्चालन गर्नकालागि आवश्यक वातावरण बनाउने, सञ्चालित बुटवल औद्योगिक क्षेत्रको स्तरबृद्धि गर्ने, पाँच नम्बर प्रदेश स्तरीय बन्ने तयारी भईरहेको मोतिपुर औद्योगिक क्षेत्रलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नेगरी वातावरण बनाउने तथा यस क्षेत्रमा लगानी आकर्षण गर्ने वातावरण तयार पार्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले नीजि क्षेत्रबाट सञ्चालित उद्योग धन्दाहरु उद्योगी आफै सञ्चालन गर्ने की राज्यलाई बुझाउने भन्ने रोज्ने सहि समय आएको बताउनु भयो । नीजि क्षेत्रका उद्योगी व्यबसायहरुको व्यबसायिक स्वतन्त्रताकालागि पनि नेपाली काँग्रेसको जित अपरिहार्य भएको उद्योगी श्रेष्ठले बताउनु भयो ।
    मुलुक लोकतान्त्रिक पद्धतीमा अंगाडी बढ्यो भने मात्रै नीजि क्षेत्रको प्रवद्धन र व्यबसायिक स्वतन्त्रता कायम हुने बताउँदै उहाँले बाम गठबन्धनका नाममा साम्यवादी राज्य व्यबस्था ल्याउने तयारी भईरहेकाले उद्योगी व्यबसायीले नेपाली काँग्रेसलाई जिताउनु पर्ने दायित्व बोध भएको जिकिर गर्दै सबै उद्योगी व्यबसायीलाई नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गर्नुभयो ।
    त्यस्तै उद्योगी व्यबसायी परिचालन समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठले आफू संघको अध्यक्ष हुँदा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई औद्योगिक वातावरण बनाउन आग्रह गर्दा नकारात्मक जवाफ पाएको स्मरण गर्दै अहिले एमाले र माओवादी बिच कम्युनिष्ट शासन व्यबस्था ल्याउने तयारीले कम्युनिष्टबाट नीजि क्षेत्रको उत्थान हुन सक्दैन भन्ने प्रष्ट भएको बताउनु भयो ।
    कार्यक्रममा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारीले मुलुकको अर्थतन्त्र सुधारकालागि नेपाली काँग्रेस जस्तो अब्बल पार्टी कोही पनि नभएको बताउनु भयो । त्यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले मुलुकको औद्योगिक बिकासकालागि नेपाली काँग्रेसको विकल्प नभएको बताउनु भयो ।
    उद्योगी व्यबसायी परिचालन समितिका सचिव तथा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बोनिन पियाले यस क्षेत्रलाई मुलुकको आर्थिक राजधानी बनाउनकालागि नेपाली काँग्रेसको जित आवश्यक भएको र उद्योगी व्यबसायीले तन, मन र धनले सहयोग गर्ने बताउनु भयो ।
    कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति शैलेन्द्र अधिकारी, उद्योगी व्यबसायीहरु निलकण्ठ खनाल, विष्णु रेग्मी, रामलाल तिवारी लगायतले भनाई राखेका थिए ।