Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • युनाइटेड फाइनलमा

    November 10, 2017


    बुटवल, कार्तिक । बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्चव्वायज युनाइटेड बिजयी भएको छ ।

    राधाकृष्ण फुटवल क्लव बुटवललाई ०–१ गोलले हराउदै चर्चव्वायज युनाइटेड बिजयी भएको हो ।जितकालागि चर्चव्वायज युनाइटेडका खेलाडी अरुण श्रेष्ठले खेलको पहिलो हाफको ३५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।

    बिहिबारको भएको प्रतियोगितामा चर्चव्वायजकै खेलाडी जङ्बो सेर्पा म्यान अफ दि म्याच घोषित भएको आयोजक माउण्ट स्टार युवाक्लवका खेल संयोजक बिनोद गौतमले जानकारी दिए ।

    बिहिबारको जितसँगै चर्चव्वायज युनाइटेड फाइनलमा प्रवेश गर्न सफल भएको छ ।उपाधिकालागि शनिबार चर्च व्यायज युनाइटेड काठमाण्डौ र नारायणगढ फुटवल क्लव चितवनबिच प्रतिष्पर्धा हुने छ ।

    फाइनल खेल शनिबार एक बजे हुने आयोजकले जनाएका छन् ।
    बुटवल ११ स्थित नहरपूर माबिको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले २ लाख ५ हजार र उपविजेताले १ लाख १हजार नगद सहितकप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    यही कार्तिक २५ गतेसम्मचल्ने प्रतियोगितामा बिभागिय टिम सहित १५ क्लवको सहभागिता रहेको छ ।