मुलुकमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान

628

मुलुकमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान

बुटवल, १६ बैशाख । छरिएर रहेको पुँजी तथा जनशक्तिलाई एकिकृत गरि सम्भावित लगानीका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, हाईड्रो लगायतका क्षेत्रमा लगानी गर्ने गरी स्थापना गरिएको भिजन लुम्बिनीमा नव निर्वाचित अध्यक्ष तथा सञ्चालकहरुलाई पदस्थापन गर्नुका साथै मुलुकमा योगदान पु¥याएका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

आज बुटवलमा पदस्थापन तथा सम्मान समारोहको आयोजना गरि बिभिन्न विधाबाट मुलुकलाई योगदान पु¥याएको भन्दै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, उर्जा सचिव अनुपकुमार उपाध्याय, उर्जा मन्त्रालयका कार्यकारी प्रमुख कुलमान घिसिङ्, नेपाल जेसिजका अध्यक्ष प्रकाश अधिकारी र गायिका मञ्जु पौडेललाई सम्मान गरिएको हो । उहाँहरुलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै उर्जा मन्त्री शर्माले सरकारले सबैलाई समेटेर निर्वाचन गराउन चाहेकाले चुनावमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सरकारले सबै पक्षलाई समेटेर अंगाडी बढ्न खोजेको र त्यसैका लागि वार्ता र सम्वादहरु भईरहेकाले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उज्यालो नेपाल अभियानलाई सफल बनाउनकालागि सरकारले नेपालको पानी जनताको लगानी अभियान अंगाडी बढाएको बताउनु भयो । उहाँले उर्जा संकटलाई समाधान गरी मुलुकलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उर्जा सचिव उपाध्यक्ष र उर्जा मन्त्रालयका कार्यकारी प्रमुख घिसिङ्ले अहिले मुलुकमा लोडसेडिङ् मुक्त भएपनि गुणस्तरीय विद्युत प्रवाह गर्न नसकिएको बताउँदै दीर्घकालिन रुपमा लोडसेडिङ्को अन्त्य र गुणस्तरीय विद्युत प्रवाहकालागि मन्त्रालय र पुरै टिम लागि परेको बताउनु भयो । भिजन लुम्बिनीमा हालै सम्पन्न साधारण समाले अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा लेखनाथ पाण्डे, शंकर खनाल, बाबुराम श्रेष्ठ, यज्ञश्वर मरासिनी, कृष्णप्रसाद पौडेल, कुलबहादुर केसी, दीपकप्रसाद शर्मा, अमृता अनमोल, प्रकाश भुसाल, राधेश्याम यादव र शिवलाल उपाध्याय सहित ११ जनाको सञ्चालक समिति चयन भएको थियो ।