Saturday 21st April 2018
  • New title for a=>html, img=>alt
  • एसइइ परिक्षा आजबाट शुरु

    March 22, 2018


                                                                                            फाईल फोटो

    बुटवल, ८ चैत । माध्यमिक शिक्षा परिक्षा एसइइ आजबाट सुरु हुँदै छ । परिक्षामा देशभरबाट नियमित तर्फ ४ लाख ६१ हजार ५ सय १५ परिक्षार्थी सहभागी हुँदैछन् ।

    जसका लागि १ हजार ९ सय ५६ परिक्षा केन्द्र तोकिएको छ । कक्षा १० को परिक्षालाई विगतमा एस एल सी परिक्षा भनिएपनि नयाँ शिक्षा ऐनले १२ कक्षासम्म माध्यमिक तोकेपछि कक्षा १० को परिक्षालाई एसईई भन्न थालिएको हो । परिक्षा साधारण तर्फ १७ गते सम्म र प्राविधिक तर्फको २० गतेसम्म सञ्चालन हुनेछ ।

    एसईई परीक्षामा रुपन्देहीबाट फारम भरेका मध्ये ४२७ जना परीक्षा दिन नपाउने भएका छन् । कक्षामा हाजिरी नभएको, फारम भरेर छाडेका लगायतका कारणले उनीहरु परीक्षाबाट वञ्चित भएको रुपन्देहीका जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाले जानकारी दिनुभयो ।

    रुपन्देहीबाट यस वर्ष १७ हजार २८ जना बिद्यार्थी परिक्षामा सहभागी हुँदैछन् । जस मध्ये ५ सय ३९ जना एक्जाम्टेड तर्फका छन् । परिक्षामा ५ जना दृष्टीबिहीन र ८ जना सुस्त श्रवण विद्यार्थी पनि सहभागी हुनेछन् ।

    त्यस्तैगरी एसईई परीक्षामा नवलपरासीबाट ११ हजार परीक्षार्थी सहभागी हुंदै हुंदैछन् । बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिम भनेर दुई खण्डमा विभाजित नवलपरासीमा यस बर्ष पूर्व र पश्चिम गरेर ४१ स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

    नवलपुरबाट ६ हजार १ सय ६० जना विद्यार्थी सहभागी हुंदै छन् ।नवलपरासी बर्दघाट सुस्ता पश्चिमतर्फ ४ हजार ७ सय ९८ जना परीक्षार्थी यस बर्षको एसईई परीक्षामा सहभागी हुंदैछन् ।