Thursday 23rd November 2017
  • New title for a=>html, img=>alt
  • यातायातमा डेढ अर्व बढी राजश्व संकलन

    September 5, 2017


    बुटवल, २० भदौ । यातायात व्यबस्था कार्यालय लुम्बिनीले गत आर्थिक वर्षको तुलनामा ६२ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७३÷०७४ मा १ अर्व ६८ करोड ८१ लाख ३६ हजार ३ सय ६७ रुपैंया राजशव संकलन गरेको हो । कार्यालयले यो भन्दा अंघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड ४६ लाख ५१ हजार ३ सय रुपैंया राजश्व संकलन गरेको कार्यालय प्रमुख उपसचिव चेतप्रसाद उप्रेतीले बताउनु भयो ।

    २०६४ सालमा ४० हवार सारीका साधन दर्ता भएको यातायात व्यबस्था कार्यालय लुम्बिनीमा अहिले १० गुणा बढी छ । तर सडकको स्तर बृद्धि, बैकल्पिक सडक बिस्तार नहुँदा दुर्घटनाको समस्या उत्तिकै भोग्नु परेको उहाँले बताउनु भयो ।

    लुम्बिनी अञ्चल कार्यलयमा अहिलेसम्म ३ लाख ४२ हजार ९ सय ८६ मोटरसाईकल दर्ता भएका छन भने यस आर्थिक बर्षमा ५८ हजार नयाँ मोटरसाईकल दर्ता भएका छन् । त्यस्तै ट्रयाक्टर २८ हजार ७ सय ५३ र यस बर्ष ३ हजार बढी दर्ता भएका छन भने अन्य कार जीप भ्यान बस गरी २७ हजार ९ सय ६० र यस बर्ष ३ हजार भन्दा ३२ सय ९६ दर्ता भएको प्रमुख उप्रेतीले बताउनु भयो ।