Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • अर्खावाङमा एम्वुलेन्स सञ्चालनको तयारी

    March 4, 2019


    बुटवल, २० फागुन । गुल्मी मालिका गाउँपालिका ४ अर्खावाङ् रुपन्देही सम्पर्क समाजले एम्वुलेन्स संचालनमा ल्याउने भएको छ । समाजको सकृयतामा १ सय ७० भन्दा बढी सहयोग दाताहरुबाट रकम संकलन गरी १२ लाख ५० हजार लागतमा एम्बिुलेन्स खरिद गरिएको समाजका अध्यक्ष विरेन्द्र अर्याले जनाकारी दिनुभयो । गाउँमा आपतकालिन सेवा प्रवाह गर्नकालागिथ एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको बताउँदै उहाँले सहयोगकालागि सबैलाई आग्रह गर्नुभयो ।
    एम्बिुलेन्स अर्खावाङ स्वस्थ चौकीले व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने छ । समाजको संरक्षकत्वमा रहनेगरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने समाजका सल्लाहाकार उमेश रेग्मीले जानकारी गराउनु भयो । समाजले फागुन २५ गते एम्वुलेन्स हस्तान्तरण तथा बृहत सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ । एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि अर्खावाङ्का स्थानीय खुसी भएका छन् ।