Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • इन्टलेक्च्यूअलमा खेल सप्ताह समापन

    January 12, 2019


    बुटवल २७ पौष । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगर मझुवामा खेल सप्ताह समापन भएको छ ।
    विद्यार्थीलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाई उनिहरु भित्र रहेको आन्तरिक प्रतिभा लाई उजागर गर्ने उद्घेश्य सहित प्रारम्भ गरिएको हो ।
    खेलकुद सप्ताहको एक समारोहबिच विद्यालयका अध्यक्ष डिल्लीराज अर्याल र संस्थापक एवं प्रबन्धनिर्देशक रामराज पोख्रेलले पुरस्कार वितरण गर्नुभएको थियो । कक्षा प्रि नर्सरी देखि ९ सम्मका विद्यार्थीहरुलाई कक्ष्ाँगत र समुहगत रुपमा सिनीयर तथा जुनियरतर्फ विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो ।
    सप्ताहव्यापि कार्यक्रम सोमबारदेखि शुरु भएको थियो । खेल अवधिभर कुर्चि दौड, कबड्डी, मिठाई दौड, सिटी रेस तातो आलु, चम्चा दौड, रिले दौड, ब्रिक रेस, हाइजम्प, लङ्जम्प, गणितीय दौड, भलिवल, ब्याडमिन्टन, सटपुट, हाजीरीजवाफ, इन आउट, घैटो फोर, वादविवाद लगाएतका खेलहरुमा प्रतिस्प्रर्धा गराइएको थियो । खेल सप्ताहका अवसरमा सबैभन्दा बढि खेलमा पदक प्राप्त गर्ने सिनियर तर्फ कक्षा ९ का कुशल थापा, जुनियर तर्फ कक्षा ५ सन का अजित काला र कक्षा एलकेजी सनका शिशिर मगर उत्कृष्ठ वर्ष खेलाडि बनेका थिए ।