Monday 27th May 2019
  • New title for a=>html, img=>alt
  • इन्टलेक्च्यूअलमा जेष्ठ नागरिकलाई सम्मान

    March 2, 2019


    बुटवल, १८ फागुन । इन्टलेक्च्यूअल एकेडेमी स्कुल बुटवल ११ कालिकानगरले आºनो १० औ“ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा प्रदेश पाँचका प्रदेश सभा सदस्य विष्णु पन्थीले शिक्षाको विकासमा निजी विद्यालयको भुमिका अग्रणी भएको बताउनुभयो । उहाँले व्यवहारिक शिक्षा अबको आवश्यकता भएको बताउँदै त्यसतर्फ विद्यालय र अभिभावक अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा प्रमुख लोकराज पन्थी, बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, अभिभावक संध रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, स्कुल अफ टे«निङ सेन्टर काठमाण्डौका कार्यकारी निर्देशक उत्तम दाहाल, राष्ट्रिय अपाङ्गता सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष आकाश विरही कान्छा, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य शुष्मा अर्याल, शिक्षक शोभा भण्डारी, विजय सेन, अभिभावक माया ज्ञवाली, संस्थापक संचालक रामराज पोख्रेल, विद्यार्थीहरु झरना थापा, शिव कुव“र, सिमरन थापा लगाएतले भनाई राख्नुभएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत वालवालिकाका अभिभावक ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने यस वर्ष उत्कृष्ठ शिक्षकको रुपमा शोभा भण्डारी र कर्मचारी विरवहादुर श्रीनेटालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक तथा साहित्यीक कार्यक्रम तथा विज्ञान प्रदर्शनी गरेका थिए ।