Monday 27th May 2019
  • New title for a=>html, img=>alt
  • गजल

    October 8, 2017


    लीलाधर पाण्डे ‘स्पन्दन’

     

     

     

     

     

     

    तिम्रो मेरो आपसमा नाता नभए पछि

    दु:खको त्यो वर्षा छेक्ने छाता नभए पछि

    ज्ञानै ज्ञान् को भण्डार नै के भो भएर मात्रै

    पुस्तक त्यो के रहला गाता नभए पछि

    मुल्य के नै हुने रैछ र ती देउताको नी

    साँचो कुरा व्याख्या गर्ने ज्ञाता नभए पछि

    दोष केही छैन तर किन त्यो बालकको

    हेला हुन्छ पिता अनि माता नभए पछि

    बगैचामा फूलहरू फुल्छन् धेरै रङ्गका

    फिक्का लाग्छ फूल पनि राता नभए पछि

    बुटवल उप महानगरपालिका-१३, रूपन्देही ।