Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • गाडी खरिद प्रकरण : प्रारम्भिक अध्ययनकालागि तीन सदस्यीय समिति

    January 12, 2019


    बुटवल, पुस । प्रदेश पाँच प्रदेश सरकारले गाडी खरिदमा अनियमितता गरेको समाचार बाहिर आएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठकले प्रारम्भिक छानवनिकालागि तीन सदस्य अध्ययन समिति बनाएको छ ।
    शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बैठकले समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा वैजनाथ कलवार र कल्पना पाण्डे सदस्य रहेको तीन सदस्य प्रारम्भिक अध्ययन समिति बनाएको समितिका सदस्य बसिउदिन खाँनले जानकारी दिनुभयो । बैठकले एक हप्ता भित्र प्रारम्भिक प्रतिवेदन बुझाउने गरी तीन सदस्य समिति बनाएको समितिको प्रतिवेदनका आधारमा छानविन उपसमिति बनाउने या विज्ञ समिति बनाउने त्यस विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
    गाडी खरिदमा अनियमिता भएको समाचार बाहिर आएपछि सार्वजनिक लेखा समितिले ध्यानकर्षण भएको र सम्पूर्ण फाईल मगाएर छानविनमा जुटेको समितिका सभापति डिल्लीबहादुर चौधरीले बताउनु भयो । उहाँले गाडी खरिदमा के भएको छ, त्यसको छनाविन गरेर चाँडै सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सामान्यतया ६८ लाख ५५ हजार रुपैंया पर्ने टाटा कम्पनीको गाडी प्रदेश सरकारले ७२ लाख रुपैंया बढीमा खरिद गरेको भन्ने आएको छ ।’ समितिका सदस्य खाँनले भन्नुभयो–‘भ्रष्टाचारको गन्ध आयो, समितिले छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने छ ।’
    अव सार्वजनिक लेखा समितिको बैठक आगामी माघ ४ गते बस्ने छ । उक्त बैठकमा तीन सदस्य समितिले तयार पारेको प्रतिवेदन उपर गहन छलफल गरि छानविन उपसमिति या विज्ञ समिति गठन हुने समितिका सदस्य खाँनले बताउनु भयो । प्रदेश सरकारले प्रदेश सभा तथा बिभिन्न मन्त्रालयकालागि १३ वटा गाडी खरिद गरेको गरेको थियो ।
    शुक्रबार रिपोटर्स क्लवले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति चौधरीले गाडी गरिद गरेको फाईल समितिमा मगाएको र शुक्ष्म अध्ययन गरि सत्यतथ्य बाहिर ल्याउने बताउनु भएको हो । उहाँले सरकारले आफूलाई उपलब्ध गराएको गाडी पनि ५ हजार किलोमिटर नगुड्दै सखर भाचिएको र फेर्नकालागि समेत कही नपाएर त्यसै बस्नु परेको बताउनु भयो ।
    त्यस कार्यक्रममा प्रदेश सभा सदस्य नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सरकारले गाडी खरिद गर्ने निर्णय गरेर प्रकृयागत रुपमा खरिद गरेको बताउँदै अनियमितता भएको भए कारवाही हुनु पर्ने धारणा राख्नुभयो । सरकारले आह्वान गरेको टेण्डरमा सिप्रदीले घटिघटाउमा गाडी बिक्रि गरेको र त्यसको आधिकारिक बिक्रेता आफू समेत रहेको सफल अटोको कुनै पनि हात नरहेको दावी गर्दै आफ्नो नाम जोडिएर आएको समाचारमा कुनै सत्यता नभएको जिकिर गर्नुभयो ।
    त्यस्तै प्रदेश सभा सदस्य तथा संघीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले गाडी खरिद प्रकृयामा अनियमिता भएको समाचार आएकाले सार्वजनिक लेखा समितिलाई गहिरो अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभयो । उहाँले राम्रो हुनकालागि सबै काम राम्रो गर्नुपर्ने र नराम्रो हुनकालागि एउटा मात्रै काम नराम्रो गरे पुग्ने भएकाले नेताहरुलाई आफ्नो आफ्नो छवी आफै सुधार गर्न आग्रह गर्नुभयो ।