Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • पर्वतमा ‘दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’

    January 2, 2019



    बुटवल, १८ पुस । पर्वत सदरमुकाम कुष्मामा महिलाहरुले सञ्चालन गरेको सामुदायिक रेडियो दिदीबहिनीले ‘दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’ आयोजना गरेको छ ।

    रेडियोको नवौं वार्षिकोत्सवको अवसरमा आगामी फागनु १७ देखि २५ गतेसम्म बिभिन्न प्रतियोगिताहरु आयोजना गरिएको –आज)बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । त्यस अवसरमा रेडियोले प्रथम दिदी बहिनी डान्स आईडल, खुल्ला दौड प्रतियोगिता, ¥याली तथा झाँकी प्रतियोगिता, रत्यौली प्रतियोगिता र भजन प्रतियोगिता आयोजना गरिएको रेडियोकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो ।

    प्रतियोगिता मध्ये ठूलो पुरस्कार राशीको ‘दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’ मा तीन वटा विभागीय टिम सहित बिभिन्न क्लवहरु सहभागि हुने पनि उहाँले जानकारी गराउनु भयो । ‘दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’मा प्रथम हुनेलाई दुई लाख रुपैंया नगद पुरस्कार प्रदान गरिने छ भने द्वितीय हुनेलाई १ लाख र तृतीय हुनेलाई ५० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।

    ‘दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल’ बाहेका प्रतियोगिता भने गण्डकी प्रदेश स्तरीय हुनेछन् । त्यस अवसरमा रक्तदान तथा सरसफाई कार्यक्रम, पशुपालन तथा कृषि सम्बन्धी प्रदर्शनी गर्नेलाई आकर्षक पुरस्कारको व्यबस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

    पत्रकार सम्मेलनमा पूर्व सांसद तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी, बुद्ध टिभिका अध्यक्ष पृथबहादुर फौदार, पत्रकार महासंघ रुपन्देहीका सहसचिव बिनोद परियार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो