Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • बुटवलको सिंह कम्प्लेक्स विवाद : ‘न्यायिक समितिको निर्णय अनुसार अंगाडी बढ्छौं’

    February 11, 2019



    बुटवल माघ । बुटवलको अमरपथमा रहेको सुरपद्मा हाउजिङ प्रा.लिभित्रका केही ब्यबसायीले प्रालिको अनाबश्यक रुपमा बदनाम गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । ७ वर्ष अघि कायम भाडा दर बृद्धि नगरिएको र अब समयसापेक्ष बनाउनुपर्ने जनाएको छ ।

    व्यबसायिक प्रयोजनको लागि कानुन बमोजिम ब्यापारीलाई सटर भाडामा दिई व्यवस्थित तरिकाबाट व्यवसाय सञ्चालन गराउने र नेपाल सरकारको नियम कानुन बमोजिम कर तथा राजश्व बुझाईएको समेत प्रालिले प्रष्ट पारेको छ । शनिबार पत्रकार सम्मेलन गरी कम्पनीले स्थापना भएको मिति देखि नै कानुनी रुपमा व्यवसायीसंग सुमधुर सम्बन्ध कायम गरी उचित दर रेटको भाडा कायम गरी सबैसंग सम्झौता समेत गरी कम्पनि सञ्चालन गर्दै आएको प्रालिका प्रमुख महेशमान सिंहले बताउनु भयो ।

    कम्प्लेक्स सञ्चालन गरेको लामो समयपछि व्यबसायीलाई गत साउन १ गतेदेखि नयाा भाडादर कायम गरी सोही अनुसार सम्झौता गर्न सूचना गरेको जानकारी दिँदै सञ्चालक सिंहले पटक पटकको मौखिक सूचनालाई समेत वेवास्ता गरि कम्पनीको बद्नाम गराउने काम ठिक नभएको बताउनु भयो । यो विषयमा व्यबसायी आफै स्थानीय न्यायिक समितिमा मुद्धा दर्ता गरेकाले अब न्यायिक समितिको निर्णय आफूले मान्ने बताउँदै न्यायिक समितिको निर्णय नआउँदा सम्म अनावश्यक अफ्वाह नफैलाउन पनि उहाँले व्यबसायीलाई आग्रह गर्नुभयो ।

    उहाँले अफू गलत भएको भए आफ्ना विषयमा मात्रै बोल्न र अन्य संघसंस्था तथा पार्टीलाई जोडेर अनावश्यक अफ्वाह नफैलाउन पनि आग्रह गर्नुभयो । अहिले आन्दोलनमा रहेका व्यबसायीको कम्पनीसंग कुनै सम्झौता नरहेको बताउँदै उहाँले पुरानै दररेटमा सम्झौता गर्न आफू असमर्थ रहेको बताउनु भयो । पत्रपत्रिकामा आएजस्तो सबै व्यबसायीको पानी बिजुली कटौती गरेको भन्ने कुरा झुटो रहेको बताउँदै व्यबसायीलाई झुटो विवरण नदिन पनि आग्रह गर्नुभयो ।

    स्थापनाकालमा निर्धारित ११० रुपैंया प्रति वर्ग फुट दर कायम गरिएता पनि पछि व्यवस्थापन पक्षले ६ महिना बहाल रकम छुट दिई भाडा रकम समेत समायोजन गरि ६५ रुपैंया प्रति स्क्वायर फुट प्रथम तल्लाको भाडा कायम गरिएको कम्पनीका व्यबस्थापक मनिष पौडेलले बताउनु भयो । प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा बृद्धि गर्ने सम्झौता भएपनि कम्पनीले अहिलेसम्म भाडा बृद्धि नगरेकाले समयसापेक्ष रुपमा भाडा बृद्धि गरिएको उहाँले बताउनु भयो । कम्पनीको हाल पहिलो तल्लाको १७०, दोस्रो तल्लाको १२० प्रति स्क्वायर फुट भाडा कायम गर्ने निर्णय गरेको छ ।