Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • मर्जरकालागि आँगनलाई बाटो खुल्यो

    January 12, 2019


    बुटवल, २८ पुस । बुटवलको सुख्खानगरमा सञ्चालित आँगन वचत तथा ऋण सहकारी संस्था समान प्रकृतिका सहकारीसंग मर्जर हुनकालागि बाटो खुला गरेको छ । संस्थाको आज बुटवलमा सम्पन्न साधारण सभाले समान प्रकृतिका सहकारीले मर्जरको प्रस्ताव ल्याएमा त्यस्ता सहकारीसंग मर्जर गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गरेको हो । यद्यपी मर्जरमा जाँदा सहकारी नाम परिवर्तन नगर्न र सञ्चालक समिति पनि परिवर्तन नगरिकनै मर्जरमा जान शेयर सदस्यले सुझाव दिएका छन् ।
    साधारण सभामा सञ्चालक समितिका अध्यक्ष यमप्रसाद तिवारीले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले उक्त प्रस्ताव सहित सहकारीको कार्यक्षेत्र विस्तार गर्नलाई समेत अख्तियारी प्रदान गरेको छ । उक्त सहकारीको हाल बुटवल उपमहानगरपालिका भित्र कार्यक्षेत्र रहेकोमा कार्यक्षेत्र विस्तार गरी रुपन्देही जिल्लालाई कार्यक्षेत्र बिस्तार गर्ने उहाँले प्रस्ताव गर्नुभएको थियो । हाल ३०४ जना शेयर सदस्य रहेको आँगन सहरकारीमा सदस्य संख्या बृद्धि गरी ५०० पु¥याउने र संस्थाको कार्यक्षेत्र बिस्तार गर्नकालागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको सचिव राजेन्द्र घिमिरेले जानकारी गराउनु भयो ।
    त्यस्तै शेयर सदस्यहरुको सुविधालाई मध्येनजर गरेर सहकारीले बिभिन्न रेमिट्यान्स कम्पनीसंग सम्झौता गरी रेमिट्यान्स सेवा सञ्चालन गन पनि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
    साधारण सभामा अध्यक्ष तिवारीले सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप सदस्यहरुको आर्थिक, सांस्कृतिक एवं सर्वाङ्ढि बिकास गरि सवल सक्षम सहकारी संस्था सञ्चालन गर्ने अभिप्रायले संस्था स्थापना भएको उल्लेख गर्दै सञ्चालक समितिले सोही अनुसार काम गर्दै आएको बताउनु भयो ।
    कार्यक्रममा संस्थाका सल्लाहकार तथा देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले सहकारीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गर्दै महिलालाई उद्यमशिलता बिकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । सरकारले ल्याएको सहकारी ऐन अनुसार एक व्यक्ति एक सहकारी नीति पूर्ण रुपमा कार्यान्वयन हुँदा संस्थाका सदस्यहरु यो सहकारी छोडेर अन्यत्र जानुपर्ने स्थिती आउन नदिने गरी काम गर्न पनि सञ्चालक समितिलाई उहाँले आग्रह गर्नुभयो ।
    त्यस अवसरमा संस्थाका अध्यक्ष तिवारीले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष ध्रुवराज अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारण सभाले हुवहु पारित गरेको छ । कार्यक्रममा संस्थाका शेयर सदस्य तथा नेपाली काँग्रेसका युवा नेता विष्णुप्रसाद पोखरेल, शेयर सदस्यहरु राजु पौडेल, बन्दना नेपाल, लेखा समिति संयोजक नरदेव न्यौपाने, कर्जा समिति संयोजक राजिव गौतम लगायतले भनाई राख्नुभएको थियो ।
    त्यस अवसरमा उक्त सहकारीले असल ऋणी, असल वचत कर्ता, शेयर सदस्यका छोराछोरीबाट एसईईमा उत्कृष्ट हुने दुई जनालाई नगद सहित सम्मान गरिएको थियो ।