Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • मुक्तिनाथ बिकास बैंकद्वारा मानव सेवा आश्रमलाई हिटर प्रदान

    January 3, 2019


    बुटवल, १९ पुस । मुक्तिनाथ बिकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा बैंकको बुटवल शाखाले बुटवल ८ मा रहेको मानव सेवा आश्रममा हिटर प्रदान गरेको छ । बैंकले बिहिबार आश्रममा एक कार्यक्रममा बिच ४ थान हिटर आश्रमलाई प्रदान गरेको हो ।
    त्यस अवसरमा बैंकका बुटवल शाखाका प्रवन्धक राकेश गुरुङ, क्षेत्रीय कार्यालय बुटवलका प्रमुख गोबिन्द अधिकारी, बुटवल उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण पुनले संयुक्त रुपमा उक्त सामान मानव सेवा आश्रमकी केन्द्रीय महासचिव, प्रदेश पाँचकी संयोजक तथा बुटवल शाखाकी प्रवन्धक रुपा केसीलाई हस्तान्तरण गर्नुभएको हो ।
    उक्त सामान हस्तान्तरण गर्दै वडा अध्यक्ष नारायण पुनले सडक पेटीमा जीवन बिताई रहेकाहरुलाई आश्रममा ल्याएर सेवा गर्ने काम स्रहानीय रहेको बताउँदै आफ्नो तर्फबाट समेत अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    त्यस्तै बैंकका क्षेत्रीय कार्यालय बुटवलका प्रमुख गोबिन्द अधिकारीले बैंकले यस बाहेक पनि आश्रमको आवश्यकताका आधारमा अलि ठूलो भोलुममा सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । बुटवल शाखाका प्रवन्धक राकेश गुरुङ्ले बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै आश्रमलाई आवश्यक पर्ने सानो भएपनि सहयोग गरिएको बताउनु भयो । कार्यक्रम बैंकको लघुवित्त कार्यक्रम अन्तरगत बुटवल शाखाका प्रमुख नारायण पाठकको सञ्चालनमा भएको थियो ।
    यहि पुसको ७ गतेदेखि प्रदेश पाँचको राजधानी बुटवलको सुख्खानगरमा सञ्चालन गरिएको मावन सेवा आश्रममा अहिलेसम्म २३ जनालाई सडक पेटीबाट उद्धार गरि आश्रममा सेवा प्रदान गरिएको मावन सेवा आश्रम बुटवलकी प्रवन्धक रुपा केसीले बताउनु भयो । हेटौडा केन्द्रीय कार्यालय रहेको मानव सेवा आश्रमको चितवन, काठमाण्डौ, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, बिरगञ्ज, पोखरा, धनगढी र बुटवलमा मानव सेवा आश्रम सञ्चालन गरिएको छ भने सुर्खेतमा आश्रम तयारीको काम भईरहेको छ । सञ्चालित यी आश्रमहरुमा अहिले पनि ६ सय जनाभन्दा बढीले सेवा लिईरहेको र ६५० भन्दा बढीलाई पारिवारिक पुनःमिलन गराईएको उहाँले जानकारी गराउनु भयो ।