युनिटी हेल्थ क्लिनिक द्वारा यातायात मजदुरलाई निशुल्क स्वास्थ्य परिक्षण


बुटवल, ८ असार । यातायात मजदुरकालागि एक दिने निशुल्क स्वास्थ्य शिबिर गरिएको छ । युनिटी हेल्थ क्लिनिक प्रालि बुटवल र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा मजदुर लागि निशुल्क स्वास्थ्य शिबिर गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर सँगठनको ४० औँ स्थापना दिवश पारेर मजदुरलाई लक्षित गरि शनिबार एक दिन आयोजना गरिएको शिबिरमा २०० बढीको स्वास्थ्य परिक्षण गराई औषधी समेत वितरण गरिएको युनिटी हेल्थ क्लिनिकका सञ्चालक विजय आचार्यले जानकारी गराउनु भयो ।

शिबिरमा हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. लक्ष्मण शर्मा, बरिष्ठ फिजिशियन डा. दिपक अर्याल ,मेडिकल अधिकृत डा.प्रदिप श्रेष्ठ, लगायतले बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गर्नुभएको थियो। शिविरमा व्लड प्रेसर, सुगर, युरिक एसिडका बिरामीलाई एक महिना सम्मको निशुल्क औषधी पनि उपलब्ध गराएको आचार्यले बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख गोमादेवी आचार्यले सवारी दुर्घटना बाट धेरै जनाको मृत्यु भएको बताउदै यसको न्युनिकरण गर्ने यातायात मजदुर पनि जिम्मेवार हुनु पर्ने बताउदै समय समयमा स्वास्थ्य जाँच गराईरहन आग्रह गर्नु भयो। यातायात मजदुर निरोगी भएमात्र सवारी साधन राम्रो संग चलाई यात्रुहरुलाई सुरक्षित रुपमा आफ्नो गन्तब्यमा लैजान सक्ने बताउनुभयो ।

नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएपनि नीजि क्षेत्रले समेत सामाजिक उत्तरदायित्व बहन गरेर सरकारले गर्नुपर्ने काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । –त्यस्तै डा. लक्ष्मण शर्माले गरीव, निमुखा, कम आयस्रोत भएका मानिसहरुले सामान्य रोगको पनि उपचार गर्न नसकेर मृत्यु हुने गरेको भन्दै रोग लाग्नु भन्दा रोग लाग्न बाट नै बच्नु पर्ने बताउनु भयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य ठाकुर गैरेको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश ५ का अध्यक्ष कृष्ण कंडेलले सञ्चालन गर्नु भएको थियो ।

Share This
  • 246
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    246
    Shares